site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भियारियाल १३ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीन सिजनमा तीन प्रशिक्षक परिवर्तन भए । तर, नतिजा उही रह्यो । युभेन्टस लगातार तेस्रो सिजन घरेलु मैदानमा पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम–१६ बाट बाहिरियो । 

बुधबार राति युरोपा लिग च्याम्पियन भियारियालले दोस्रो हाफमा गरेको गोलबाट ३–० र समग्रमा ४–१ नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाएको छ । भियारियाल १३ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सफल भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैकल्पिक खेलाडी जेरार्ड मोरेनोले ७८औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट भ्रमणकारी भियारियालले अग्रता लिएको थियो । पाउ टोरेसले ८५औं मिनेटमा अग्रता दोब्बर बनाए । अर्नाउट डान्जुमाले इन्जुरीमा समयमा पेनाल्टीमा अर्को गोल थपेपछि युभेन्टस घरेलु मैदानमा स्तब्ध बनेको थियो । 

‘‘७५ मिनेटसम्म टिमले राम्रो प्रदर्शन गरेको थियो,’’ युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘‘त्यसपछि एउटा सानो गल्तिले खेल नै परिवर्तन गरिदियो । फुटबलमा यस्तो हुन्छ । हामी यो हार स्वीकार गर्छौं ।’’

Global Ime bank

माउरिसियो सारी र आन्द्रे पिर्लोको प्रशिक्षणमा पनि यसअघि अन्तिम–१६ मै क्रमशः लियोन रपार्टोसँग पराजित भएको थियो । त्यसपछि एलेग्री युभेन्टसका मुख्य प्रशिक्षक बनेका थिए । तर, उनले पनि युभेन्टसको खराब समयलाई परिवर्तन गर्न सकेनन् । 

२०१९ मा आयाक्ससँग पराजित भएपछि युभेन्टस लगातार चार सिजन दोस्रो लेग घरेलु मैदानमा पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

बुधबार राति नै अर्को खेलमा साविक विजेता चेल्सीले लिलमाथि समग्रमा ४–१ को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । यससँगै चेल्सी, भियारियाल, लिभरपुल, बायर्न म्युनिख, रियाल मड्रिड, म्यानचेस्टर सिटी, एट्लेटिको मड्रिड र बेनफिकाले क्वार्टरफाइलनमा स्थान पक्का गरेका छन् । 

क्वार्टरफाइनल ‘ड्र’ शुक्रबार सार्वजनिक हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement