site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्घाखाँची सिमेन्टले पायो ५३ ग्रेडको इजाजत
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्टले ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

उत्पादनको गुणस्तर नेपाल सरकारले औपचारिक रुपमै प्रमाणित गरेको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्रीलाई सँधैं प्राथमिकतामा राख्ने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“यसै वर्षको भाद्र महिनामा ४३ ग्रेडको मान्यताप्राप्त गरेको हाम्रो उत्पादनलाई ५३ ग्रेडको प्रमाणीकरण पनि मिलेको छ । जसले आम उपभोक्तालाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको छ,” कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको छ ।  

Global Ime bank

क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनी मध्येको एक हो ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आईपीओमा जाने तयारी सुरु गरिसकेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement