site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेन युद्धमा १२ हजार रुसी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म एक हजार ३०० युक्रेनी सैनिक मारिएको बताएका छन् ।

त्यसैगरी, एक पत्रकार सम्मेलनमा उनले (अनुमानित) १२ हजार रुसी सैनिक मारिएको दाबी पनि गरेका छन् । शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जेलेन्स्कीले रुसी सैनिकको मृत्युबाट आफू खुसी नभएको पनि बताएका छन् । “उनीहरूले (अनुमानित) १२ हजारजना गुमाउँदा मलाई प्रसन्नता छैन । यसले मलाई खुसी पनि बनाउँदैन... । संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,” उनले भने ।

यस तथ्यांकलाई स्वतन्त्र रूपमा पुष्टि भने गर्न नसकिएको बीबीसीले जनाएको छ ।

Global Ime bank

रुसले युक्रेनमाथि आक्रमण गरेको १७ दिन पूरा भएको छ । १८औँ दिनको सुरुमा पनि रुसी आक्रमण जारी छ ।

यसैबीच, मारिओपोलका मेयरले सो सहरमा बमबारी भएको १२ दिनमा एक हजार ५०० मानिस मारिएको बताएका छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement