site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले चिनियाँ कम्पनीका अलिबाबा र टेन्सेन्टका साइटलाई राख्यो कालोसूचीमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संयुक्तराज्य अमेरिकाले चिनियाँ विशाल प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई आफ्नो व्यापार–व्यवसायको ‘कुख्यात बजारसूची’मा राखेको छ ।

अमेरिकाले उनीहरूले ठूलो परिमाणमा नक्कली ट्रेडमार्क बनाउन र कपिराइट गोपनीयता उल्लंघन गर्ने कार्यमा संलग्न रहेको भन्दै ती साइटहरूलाई कालोसूचीमा राखेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सो सूचीमा अलिबाबा र टेन्सेन्ट कम्पनीद्वारा ४२ अनलाइन साइट र ३५ वटा फिजिकल स्टोरलगायत ई–कमर्स प्लेटफर्म सञ्चालित छन् ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताइले एक विज्ञप्तिमार्फत विश्वव्यापी व्यापारमा नक्कली तथा चोरीपैठारी गरिएका सामानको बिगबिगी भएका कारण अमेरिकी सक्कलीपना र सिर्जनशीलता ओझेलमा परेको र अमेरिकी कामदारलाई हानि पुगेको जनाएकी छन् ।

Royal Enfield Island Ad

अमेरिका र चीनबीच लामो समयदेखि व्यापार र प्रविधिमा विवाद रहँदै आएको छ ।

युनाइटेड स्टेट्स ट्रेड रिप्रेजेन्टेटिभ (यूएसटीआर)ले आफ्नो कालोसूचीमा पहिलोपटक अलिएक्सप्रेस र विच्याट ई–कमर्स साइटलाई संलग्न गराएको थियो ।

त्यसैगरी, टेन्सेन्टका प्रवक्ताले यूएसटीआरको निर्णयप्रति आपूmहरू पूर्ण रूपमा असहमत भएको बताएका छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro