site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नियोजित रूपमा कार दुर्घटना गराएर विमा कम्पनीलाई १० लाख डलर ठग्ने २३ जनाविरुद्ध मुद्दा
Sarbottam CementSarbottam Cement

इन्साइडर । अमेरिकाको न्याय विभागले कम्तीमा २३ जनाविरुद्ध नियोजित रूपमा कार दुर्घटना गराएको अभियोगमा मुद्दा चलाउने भएको छ । सन् २०१७ देखि २०२० सम्ममा उनीहरूले योजना बनाएरै आफ्नो कार दुर्घटना गराएर विमा कम्पनीबाट झण्डै दस लाख अमेरिकी डलर ठगेका छन् । अभियोग लगाइएकामध्ये चारजना अझै फरार छन् । 

संघीय जाँचबुझ ब्युरो (एफबीआई)ले ती २३ जनाले गराएका १०० भन्दा बढी कार दुर्घटनामध्ये झण्डै १४ वटा पूर्व नियोजित भएको दाबी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वासिङटन इस्टर्न जिल्ला अदालतका अनुसार उनीहरूविरुद्ध कुल १३८ वटा अभियोग लगाइने भएको छ । यदि अभियोग प्रमाणित भएको खण्डमा उनीहरूलाई जनही ५५ वर्ष लामो कैद सजाय हुनसक्छ । मेल र वायर जालसाजीका लागि २०, सरकारी कारबाहीमा व्यवधानका लागि २०, स्वास्थ्य स्याहार जालसाजीका लागि १० र एफबीआईसमक्ष झुठो वयान पेस गरे बापत ५ वर्ष कैद हुने बताइएको छ ।

उनीहरूले आफूहरूलेबाहेक अरूले नदेख्ने सडकमा त्यसरी जानीजानी दुर्घटना गराउने गरेका थिए । गत महिना उनीहरूविरुद्ध ८१ पृष्ठ लामो अभियोग दर्ता गरिएको हो । 

Global Ime bank

अनुसन्धानबाट उनीहरूले गराएका केही दुर्घटनामा कारहरू भित्र ड्राइभर नरहेको, कारको एयरब्याग प्रयोग भएको देखाउन कुनै तौलयुक्त वस्तु प्रयोग गरेको, घनले झ्यालहरू फुटाएको तथा बनावटी शारीरीक चोटपटक देखाउने गरेको पत्ता लागेको छ । अभियोग लगाइएकाहरूमा वासिङटन, क्यालिफोर्निया, मिचिगन, नेभाडा, ब्रिटिस कोलम्विया र क्यानाका २० देखि ५१ वर्ष उमेर समूहका मानिसहरू रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement