site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिजिट भिसाको दुरूपयोग गरी हुने मानव तस्करी रोक्न कार्यदल बनाइने
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृह मन्त्रालयले भ्रमण भिसा (भिजिट भिसा)को दुरूपयोग गरेर हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायसहितको छलफलमा गृह मन्त्रालयले मानवतस्करीलाई रोक्न कार्यदल बनाउने जनाएको हो ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले भ्रमण भिसाको दुरूपयोग गर्दै मानव तस्करी हुने गरेको र यसले गर्दा विभिन्न मुलुकमा नेपालीहरूले दुख पाउने गरेको बताए । भ्रमण भिसालाई दुरूपयोग हुन नदिनका लागि कार्यदल नै बनाएर नियमन गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री खाँणले भ्रमण भिसामा गएर काम गर्ने र पछि समस्यामा पर्ने देखिएकाले यसमा सरकार गम्भीर रहेको भन्दै भ्रमण भिसालाई अन्य प्रयोजनमा दुरूपयोग नगर्न सजकता अपनाउनुपर्ने बताए ।

त्यस्तै श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरूमाथि विचौलियाहरूले ठगी गरेको उल्लेख गर्दै १० हजार शुल्कका विषयमा पनि अब पुनरावलोकन गर्नुपर्ने देखिएको बताए । वैदेशिक रोजगारमा गएर समस्यामा परेका नेपालीको समस्या सम्बोधन गर्न छुट्टै निकायको आवश्यता देखिएको उनको भनाइ छ ।

कार्यक्रममा सरोकारवालाहरूले सेटिङमा हुनेगरेको मानव तस्करी रोक्न चुनौती देखिएको भन्दै सवै निकायबीच समम्वयनकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro