site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साविक विजेता संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष क्लब मछिन्द्रले सोमबार आहा रारा गोल्ड कपमा साविक विजेता संकटा क्लबलाई ४–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । 

मछिन्द्रले अब फाइनल प्रवेशका लागि माघ १२ गते सशस्त्र प्रहरी बल (एपीएफ)सँग प्रतिस्पर्धा गर्नेछ । आहा रारा गोल्डकपको २०औँ संस्करणमा यसअघि मनाङ मर्स्याङ्दी र एपीएफले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् । मनाङले नेपाल पुलिस क्लबलाई हराएको थियो भने एपीएफले अमेरिकाबाट आएको बीवाईएससी मिनेसोटालाई हराएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पोखरा रंगशालामा मछिन्द्रले उत्सव राईको गोलबाट १२औँ मिनेटमा अग्रता लिएको थियो । ४७औँ मिनेटमा मेसौक ओलोमोउले मछिन्द्रको अग्रता दोब्बर बनाए । मेसौकेले अभिषेक रिजालको पासमा गोल गरेका थिए । 

६४औँ मिनेटमा गणेश हिमालको गोलबाट संकटाले पुनरागमनको प्रयास गरेको थियो । अमित श्रेष्ठको कर्नरमा निरज बस्नेतले हेडमार्फत दिएको पासलाई गणेशले हेडमार्फत नै पोस्टको दिशा दिएका थिए । 

Global Ime bank

तर, खेल सकिन चार मिनेट बाँकी हुँदा अभिषेक गुरुङ र त्यसको दुई मिनेट नबित्दै मेसौकेले अर्को गोल थपिदिएपछि संकटाको सम्भावना समाप्त भएको थियो । 

८४औँ मिनेटमा ओमोलाजा करिमले हानेको फ्रीकिक संकटाका गोलकिपर राजाबाबुले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बैकल्पिक खेलाडी अभिषेकले गोल गरेका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै मेसौकेले अर्को  गोल थपेका थिए ।

प्रतियोगितामा मंगलबार थ्री स्टार र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement