site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र पुलिस उपाधिका लागि भिड्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । हतारोमा गरिएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । 

नेपाल पुलिस क्लबले यसअघि दुई पटक प्रतियोगिताको उपाधि उचालिसकेको छ । यसपटक पनि पुलिस क्लबले उत्कृष्ट नतिजा निकाल्दै फाइनलसम्मको यात्रा तय गरेको छ । समूहमा अपराजित रहेको नेपाल पुलिसले साविक विजेता त्रिभुवन आर्मीलाई हराएको थियो । 

समूह ‘ए’को शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको नेपाल पुलिसले वाग्मती प्रदेशलाई ५० रनले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई पटक उपाधि जितिसकेको नेपाल पुलिसका कुशल भुर्तेल र पवन सर्राफले उत्कृष्ट ब्याटिङ गरेका छन् । तथापि, कुशल कोभिड–१९ संक्रमित भएको बुझिएको छ । कुशलले चार इनिङ्समा १८२ रन बनाइसकेका छन् । पवनले १०५ रन बनाएका छन् । 

त्यस्तै ब्याटिङमा नचलेका दीपेन्द्र सिंहले बलिङमा राम्रो गरेका छन् । दीपेन्द्र सिंहले ११ विकेट लिइसकेका छन् । त्यस्तै आरिफ शेखले पनि बलिङमा प्रभाव जमाएका छन् । आरिफले ८ विकेट लिइसकेका छन् । 

Global Ime bank

एपीएफ लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो । गत सिजन एपीएफ फाइनलमा त्रिभुवन आर्मीसँग पराजित भएको थियो । एपीएफले एक पटक प्रतियोगिताको उपाधि जितिसकेको छ । 

एपीएफ पनि समूह ‘बी’मा अपराजित रहेको थियो । एपीएफले सेमिफाइनलमा गत वर्षको विजेता त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । सेमिफाइनलमा एपीएफका आसिफ शेख, प्रदीप ऐरी र लोकेश बमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो । आज पनि त्यही प्रदर्शन दोहर्यायो भने पुलिसलाई कठिन पर्न सक्छ । 

आसिफले पाँच खेलमा २१८ रन बनाइसकेका छन् । प्रदीप ऐरीले २०६ रन जोडिसकेका छन् । कमलसिंह ऐरी र अबिनाष बोहराले राम्रो प्रदर्शन गरेका छन् । अबिनाषले ११ विकेट लिइसकेका छन् भने कमलसिंहले ९ विकेट लिइसकेका छन् । 

ओमानमा आयोजना हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटलाई बाहना बनाउँदै नेपाल क्रिकेट संघ (क्यान)ले यसपटकप्रतियोगितालाई ट्वान्टी–२० स्वरुपमा खेलाएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ जित्नेछन् ।

राष्ट्रि खेलकुद परिषद् (राखेप)को सहयोगमा हुने प्रतियोगिता यसअघि एकदिवसीय स्वरुपमा खेलाइँदै आएको थियो । प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement