site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सालाहको गोलमा इजिप्टको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोहम्मद सालाहको गोलमा इजिप्टले शनिबार राति अफ्रिकन कप अफ नेसन्समा पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्नेक्रममा इजिप्टले गिनी–बिसाउलाई १–० ले हराएको हो । 

समूह ‘डी’ मा इजिप्टको यो पहिलो जित हो । इजिप्टको जितमा लिभरपुलका फरवार्ड सालाहले ६९औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । यसअघि इजिप्ट पहिलो खेलमा नाइजेरियासँग १–० ले पराजित भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार राति नै सम्पन्न अर्को खेलमा नाइजेरियाले सुडानलाई ३–१ ले हरायो । नाइजेरियाको जितमा सामुयल चुकवेज, ताइवो अओनियी र मोसेस सिमोनले गोल गरे । सुडानका लागि विलिलदिन खेदिरले गरेको गोल सान्त्वना बन्यो । 

समूह ‘डी’ मा नाइजेरिया ६ अंकका साथ शीर्ष स्थानमा छ भने इजिप्ट तीन अंकका साथ दोस्रो स्थानमा छ । समान एक अंक जोडेको गिनी–बिसाउ र सुडान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

Global Ime bank

समूह ‘सी’ मा घाना र गाबोनले १–१ को बराबरी खेले । समूह ‘सी’ मा मोरोक्को ६ अंकका साथ शीर्ष स्थानमा हुँदा गाबोन ४ अंकका साथ दोस्रो स्थानमा छ । घानाले एक अंक जोडेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय