site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंका सीडीओ कोरोना संक्रमित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालमा कोरोना संक्रमण पुष्टि भएको छ । सीडीओमा कोरोना देखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

आज उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको संयुक्त बैठक बस्ने तय थियो ।

सहायक प्रजिअ अधिकारी भन्छन्, ‘‘सीडीयोलाई कोरोना देखियो । अहिलेसम्म आन्तरिक छलफल भएको छ । कति बेला बैठक बस्ने भन्ने टुंगो लागेको छैन । यद्यपि, आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको निर्णयलाई कार्यान्वयन गरिने हो । खासै आज केही नहोला,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्