site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मनाङ शीर्ष स्थानमा, एएफसी च्यालेन्ज कप खेल्ने टोलीको आइतबार टुंगो लाग्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनाङ-मर्स्याङ्दी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै शीर्ष स्थानमा पुगेको हो ।

मनाङले घरेलु मैदान पोखरामा ब्रिगेड ब्वाइजलाई १–० ले पराजित गर्‍यो । मनाङका अञ्जन विष्टले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल नै खेलमा निर्णायक बनेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जितसँगै मनाङले सात खेलबाट १६ अंक जोडेको छ । ६ खेलबाट १४ अंकसहित मच्छिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ । सातौँ चरणअन्तर्गत मच्छिन्द्रले आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । त्यो खेलको नतिजाले एएफसी च्यालेन्ज कप खेल्ने टोलीको टुंगो लाग्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातौँ चरणका खेलसम्म एएफसी लाइसेन्सप्राप्त क्लबमध्ये शीर्ष स्थानमा हुने टिम एएफसी च्यालेन्ज कपका लागि छनोट हुने निर्णय गरेको थियो । मच्छिन्द्रले पुलिसलाई हराए ३ अंक जोडिँदा १७ हुन्छ । त्यो अवस्थामा मच्छिन्द्र नै छनोट हुनेछ । मच्छिन्द्रलाई पुलिसले बराबरीमा मात्र रोके पनि एक/एक अंक बाँडिँदा मच्छिन्द्रको १५ मात्रै हुन्छ । त्यो अवस्थामा मनाङ एएफसी च्यालेन्ज कपका लागि छनोट हुनेछ ।

Global Ime bank

शनिबारको खेलमा मनाङका अञ्जन विष्ट 'म्यान अफ दी म्याच' र प्रवेश कुँवर उदीयमान खेलाडी घोषित भए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement