site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चोटबाट थलिएको त्रिभुवन आर्मीलाई ‘गर या मर’को खेल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी कप छनोट प्रतियोगिताका खेल्नका लागि मनाङ–मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबलाई चुनौती दिइरहेको त्रिभुवन आर्मी क्लबले आफ्नो सम्भावना कायम राख्न आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

त्यस्तै, उपाधि होडमा आफ्नो सम्भावना कायम राख्न संकटा क्लबले आजै ब्रिगेड ब्वाइज क्लबविरुद्ध खेल्दै छ ।

खासमा लिग विजेता टोलीले एएफसी कप खेल्नुपर्ने हो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)को कमजोरीका कारण सातौँ चरणको खेल सकिँदा शीर्ष स्थानमा रहने एएफसी लाइसेन्सप्राप्त टोलीले एएफसी कप छनोट खेल्ने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लिगमा अहिले छैटौँ चरणका खेल चलिरहेको छ । त्यसमध्ये शीर्ष स्थानका मनाङ र मच्छिन्द्रले एकापसमा प्रतिस्पर्धा गरिसकेका छन् । शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले मनाङलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलबाट १४ अंक जोडेको मच्छिन्द्र लिगको शीर्ष स्थानमा छ । समान खेलबाट १३ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ ।

पाँच खेलबाट समान ९ अंक जोडेको त्रिभुवन आर्मी र संकटा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपालमा मनाङ, मच्छिन्द्र, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले एएफसी क्लब लाइसेन्स लिएका छन् । त्यसकारण एफसी कप छनोटका लागि मनाङ, मच्छिन्द्र र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा छ ।

Global Ime bank

पछिल्लो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग १–१ को बराबरीमा रोकिएपछि आर्मीको सम्भावना कमजोर बनेको छ । आर्मीलाई अब आफ्नो दुवै खेल जितेर मात्र पुग्दैन, मनाङ र मच्छिन्द्र पनि बाँकी खेलमा पराजित हुनुपर्छ । अन्यथा, आर्मीको सम्भावना न्यून छ ।

सातौँ चरणमा मनाङले ब्रिगेड ब्वाइज र मच्छिन्द्रले नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । मनाङ र मच्छिन्द्रलाई पछ्याइरहेको आर्मीले सातौँ चरणमा सशस्त्र प्रहरी बल (एपीएफ)विरुद्ध खेल्नेछ ।

त्यसैले एएफसी कप छनोट मात्र नभई उपाधि होडलाई कायम राख्नको लागि पनि आजको खेल आर्मीलाई ‘गर या मर’को हुनेछ । आर्मी गत संस्करण दोस्रो स्थानमा रहेको थियो ।

तर, त्रिभुवन आर्मीलाई खेलाडीको चोटले सताएको छ । मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ लिग सुरु हुनुअघि नै घाइते भए । अर्का स्ट्राइकर सुदील राई पनि घाइते छन् । कप्तान भरत खवास पनि आज उपलब्ध हुनेमा शंका छ । रक्षापंक्तिमा विकास खवास पहिले नै घाइते भएका थिए । त्यसमाथि अर्का भरपर्दो रक्षक सुमन अर्याल पनि घाइते छन् । उनी पनि आजको खेलमा उपलब्ध हुनेमा शंका छ ।

आर्मीको प्रतिद्वन्द्वी थ्री स्टार पाँच खेलबाट ६ अंक जोडेर आठौँ स्थानमा छ । आर्मीलाई रोक्दै थ्री स्टार अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

संकटाको प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज पाँच खेलबाट ५ अंक जोडेर दशौँ स्थानमा छ । त्यो रेलिगेसनमा रहेको च्यासल युथ क्लबभन्दा एक अंकले मात्र माथि हो । त्यसैले ब्रिगेड ब्वाइज पनि संकटालाई हराउँदै रेलिगेसनको खतरा टार्ने लक्ष्यमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement