site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
छ खेलाडीसहित नौ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीसहित ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उसु खेलाडीहरु दीपक हमाल, जुनी राई र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रतिभा सम्मान प्रदान गरे । 

पारा खेलकुदतर्फका केशव थापाले पनि प्रतिभा सम्मान प्राप्त गरेका छन् । ६ जना खेलाडीले सम्मानपत्रसहित जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन् । रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्काले पनि प्रतिभा सम्मान प्राप्त गरे । उनी सम्मनपत्रसहित नगद १ लाखबाट पुरस्कृत भए ।  

Prabhu Bank
Agni Group
NIC Asia

तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद ५० हजार रुपैयाँ प्राप्त गरे । 

कार्यक्रममा हिमेश रत्न बर्जाचार्यसहित १० जनालाई खेलकुद पत्रकारिकता पुरस्कार प्रखान गरिएको छ । हिमेशलाई सम्मानपत्रसहित नगद ५० हजार प्रदान गरिएको छ ।  

Global Ime bank

सन्जु पौडेल र ढोरपाटन दैनिकका विजयी नेपालीलाई समावेशीतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद २५ हजार प्राप्त गरे ।  

कार्यक्रममा मन्त्री गहतराजले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल क्षेत्रमा निरन्तर लागिराख्ने र आफ्ना सन्ततीलाई खेल क्षेत्रमा प्रवेश गराउन सरकारले उचित वातावरण बनाउने बताए । पुरस्कार वितरणका लागि पनि नयाँ कार्यविधि बनाउने तयारीमा सरकार लागेको उनले जानकारी दिए । 

प्रदेशगत पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश नं १ का नमिन ढकाल, प्रदेश नं २ का बसन्त खतिवडा, वाग्मती प्रदेशका कुशल तिमल्सिना, गण्डकी प्रदेशकी सोनिता अर्याल, लुम्बिनी प्रदेशका दीपक न्यौपाने, कर्णाली प्रदेशका रमेश कुमार पाण्डे र सुदूरपश्चिम प्रदेशका विनोद सिंह विष्टलाई प्रदान गरिएको छ । सातैजनाले सम्मानपत्रसहित जनही नगद २५ हजार प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय