site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘कोरियाली युद्ध अन्त्य गर्न उत्तर–दक्षिण कोरिया, अमेरिका र चीन सैद्धान्तिक रूपमा सहमत’
Sarbottam CementSarbottam Cement

बीबीसी । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले उत्तर र दक्षिण कोरिया, अमेरिका र चीन कोरियाली युद्ध औपचारिक अन्त्यको घोषणा गर्न सैद्धान्तिक रूपमा सहमत भएको बताएका छन् । तर, उत्तर कोरियाको मागको कारण अझै वार्ता सुरु नभएको उनको भनाइ छ ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौता नभएर युद्धविरामबाट टुङ्गिएको थियो ।
उत्तर र दक्षिण कोरिया प्राविधिक रूपमा त्यतिबेलादेखि नै युद्धमा छन् । उत्तर कोरियालाई चीन र दक्षिण कोरियालाई अमेरिकाको समर्थन छ । दुई देशबीचको सम्बन्ध तनावपूर्ण स्थितिमा छ ।

हाल अष्ट्रेलियाको भ्रमणमा रहेका राष्ट्रपति मूनले क्यानबेरामा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरिया के चाहन्छ ?
गत सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोन उनकी शक्तिशाली बहिनी किम यो–जोङले आफ्नो देश वार्ताको लागि खुला हुन सक्ने संकेत गरेकी थिइन् । तर, अमेरिकाले उनकै शब्दमा ‘शत्रुतापूर्ण नीति’ त्याग्नुपर्ने शर्त राखेकी थिइन् ।
उत्तर कोरियाले दक्षिण कोरियामा अमेरिकी फौजको उपस्थिति, दक्षिण कोरिया र अमेरिकी सेनाबीच प्रत्येक वर्ष हुने संयुक्त सैन्य अभ्यास सँगसँगै उत्तर कोरियाको हतियार कार्यक्रमविरुद्ध अमेरिकी नेतृत्वको प्रतिबन्धमाथि लगातार आपत्ति जनाउँदै आएको छ ।

तर, अमेरिकाले भने कुनै पनि प्रतिबन्ध अन्त्य गर्नुअघि उत्तर कोरियाले आफ्नो परमाणु हतियार त्याग्नैपर्ने बारम्बार बताउँदै आएको छ ।

Global Ime bank

दक्षिण कोरियाली नेताले उत्तर कोरियासँगको संलग्नतालाई आफ्नो राष्ट्रपतीय कार्यकालको आधारशिला बनाएका छन् । र, युद्ध अन्त्य गर्ने औपचारिक घोषणाले उत्तरलाई आफ्नो आणविक हतियार त्याग्न प्रोत्साहन दिने तर्क गरेका छन् ।
राष्ट्रपति मुनको समय सकिँदैछ ।

कोरियाली प्रायद्वीपमा स्थायी शान्ति ल्याउन पाँच वर्षको हार्दिक अपिलपछि उनले मार्चमा पद छाड्दैछन् ।
अझै पनि उत्तर कोरिया पहिलेभन्दा धेरै टाढिएको छ । प्योङयाङ र सियोलबीच हात मिलाउने र वाचा गर्ने दिन सकिएको देखिन्छ । अहिलेको लागि । युद्ध अन्त्यको सम्झौतालाई छलफलको विषय बनाउने प्रयास गर्नु मून जे–इनको अन्तिम आशा हो ।

तर, उनले महत्वपूर्ण चुनौतीहरू सामना गरिरहेको छ । यस बारेमा अमेरिका कम उत्साहित देखिन्छ । बाइडन प्रशासन यस बारेमा कुरा गर्न खुसी देखिन्छ र पक्कै पनि कोहि पनि यस प्रायद्वीपमा स्थायी युद्धको अवस्था चाहँदैन । तर, केहीले यस सम्झौताले बदलामा कुनै ग्यारेन्टीबिना किम जोन उनलाई इनाम दिने विश्वास गर्छन् ।

पक्षमा रहेकाहरूले यो सम्झौतालाई एक कूटनीतिक संकेत भएको बताउँदै उत्तर कोरियालाई सुरक्षा ग्यारेन्टी दिनको लागि एक सुरुवात बिन्दु हो, भन्छन् । यसको विरोध गर्नेहरूले प्योङयाङले दक्षिण कोरियाबाट २८ हजार अमेरिकी सेना फिर्ता गर्न र अमेरिका र दक्षिण कोरियाको वार्षिक संयुक्त सैन्य अभ्यास अन्त्यको माग गर्न यसलाई प्रयोग गर्न सक्ने बताएका छन् ।

उत्तर कोरियाली सरकारी मिडियाले पनि यो विचारलाई ‘अपरिपक्क’ भनी वर्णन गरेको छ । राष्ट्रपति मूनका लागि ठूलो समस्या छ । दक्षिण कोरियाले युद्धविराममा हस्ताक्षर गरेन । यो युद्धको अन्त्यको सम्झौता इतिहासका पुस्तकहरूलाई दिने उनको उपहार होइन ।

उनले सबै पक्षलाई वार्ताको टेबलमा ल्याउने प्रयास जारी राख्न सक्छन्, तर सबै पक्षलाई सहमतिमा ल्याउनु कूटनीतिक रूपमा सगरमाथा चढे बराबर हुनेछ ।

अमेरिका र चीन के भन्छन् ?
अक्टोबरमा एक प्रेस ब्रिफिङको क्रममा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सम्झौताको घोषणामा पुग्नको लागि अमेरिकाले विभिन्न चरणहरूको लागि शर्तहरूको सटीक अनुक्रम वा समयको बारेमा केही फरक दृष्टिकोण हुन सक्ने बताएका थिए ।

यसैबीच, दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापले गत हप्ता बेइजिङस्थित दक्षिण कोरियाली कूटनीतिज्ञलाई उद्धृत गर्दै शीर्ष चिनियाँ कूटनीतिज्ञ याङ जिएचीले ‘युद्धको अन्त्यको घोषणा’को लागि आफ्नो देशको समर्थनको वाचा गरेको जनाएको छ ।

कोरियाली युद्धमा के भएको थियो ?

सन् १९५० को जुनमा कम्युनिष्ट शासित उत्तरबाट ७५ हजार सेनाले उत्तर र दक्षिण कोरियाबीचको सीमाना ३८ औँ समानान्तर आक्रमण गरेर युद्ध सुरु भएको थियो ।

युद्ध सुरु भएको केही महिनापछि अमेरिकी फौजले दक्षिण कोरियालाई समर्थन गर्दै युद्धमा जोडियो भने उत्तर कोरियालाई चीन र युएसएसआरले समर्थन गरेका थिए ।

त्यतिबेला रक्तपातपूर्ण गतिरोध उत्पन्न भएको थियो । सन् १९५३ मा अमेरिरका र उत्तर कोरियाबीच एक युद्धविराम हस्ताक्षर गरियो । त्यो युद्धमा पाँच लाख सेना र सर्वसाधारणले ज्यान गुमाए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement