site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
इलाममा पौडेल समूह बलियो, भेषराजको पक्षमा नतिजा, बलियो बन्दै खड्का  
SkywellSkywell

काठमाडौं । यही मंसिर ६ गते सम्पन्न नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनपश्चात् देशैभर पार्टीको कुन समूह बलियो भन्ने चर्चा छ ।

दुईवटा निर्वाचन क्षेत्र रहेको ‘कम्युनिस्ट किल्ला’ सुदूरपूर्वको इलाममा पनि कांग्रेसमा कुन समूह बलियो भन्ने बहस छ । मंसिर ७ मा प्राप्त नतिजाले अझ यो बहसलाई मलजल गरेको छ । किनभने, जिल्लामा सभापति लड्नका लागि नेताहरू महाधिवेशन प्रतिनिधि पनि बनिसकेका छन् ।

वडा तहदेखि क्षेत्रीय अधिवेशन सम्पन्न भइसक्दा जिल्लामा रामचन्द्र पौडेल समूह बलियो देखिएको छ । १४औँ अधिवेशनबाट पनि शेरबहादुर देउवा समूहको प्रभावमा भने उल्लेख्य उपलब्धि देखिएन ।

Dabur Nepal
NIC Asia

जिल्लामा दुवै समूहका दुई दुईवटा गुट छन् । देउवा समूहबाट केशव थापा र डम्बर खड्काले आ–आफ्नो गुट सञ्चालन गरिरहेका छन् ।

यस्तै, संस्थापनइतर भनिएको पौडेल समूहबाट वर्तमान सभापति हिमालय कर्माचार्य र भेषराज आचार्यले आ–आफ्नो गुट सञ्चालन गरिरहेका छन् । कर्माचार्य केन्द्रमा प्रकाशमान सिंहनिकट मानिन्छन् । यी चारैजना १४औँ महाधिवेशनका लागि सभापतिका आकांक्षी हुन् ।

महाधिवेशन प्रतिनिधिमा कसको कति मत ?
चारैजना अघिल्लो महाधिवेशनमा पनि सभापतिमा भिडेका थिए । तर, दोस्रो चरणमा आचार्यलाई पराजित गर्दै कर्माचार्यले जित हासिल गरेका हुन् ।

जिल्लामा अहिले परिस्थिति बदलिएको छ । साढे पाँच वर्षको अवधिमा आचार्यले स्थिति सुधार गरेका छन् । क्षेत्रीय अधिवेशनबाट खुलातर्फ आचार्य महाधिवेशन प्रतिनिधि चुनिँदा एक नम्बरमा मत ल्याउँदै चुनिए । तर, वर्तमान सभापति कर्माचार्यले भने १० नम्बरमा महाधिवेशन प्रतिनिधि जितेका हुन् ।

कर्मचार्य, आचार्य र केशव थापा एउटै क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । उनीहरूको क्रियाशील जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट छ ।

आचार्यले ६६५ मत ल्याउँदै खुलातर्फ पहिलो स्थान हासिल गर्दा वर्तमान सभापति कर्माचार्यले ५०३ मत ल्याउँदै १०औँ स्थानमा रहे । संस्थापन पक्षका केशव थापाले भने ५७१ मत ल्याउँदै पाँचौँ स्थानमा रहे ।

संस्थापननिकट डम्बर खड्काले भने क्षेत्र नम्बर–१ बाट सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधि जितेका छन् । पहिलो नम्बरमा मत ल्याएका खड्काले ४४९ मत ल्याएका छन् ।

जिल्लाका नेताहरू खड्काले अघिल्लो महाधिवेशनको तुलनामा राम्रो मत ल्याएको विश्लेषण गर्छन् । “उहाँले धेरै मिहिनेत गर्नुभएको छ र यो मत आएको हो,” निकट एक नेताले भने ।

भेषराजको पक्षमा नतिजा, बलियो बन्दै खड्का  
असोजमा ९ सम्पन्न पालिका अधिवेशनले उमेदवारहरूको ‘पोजिसन’बारे बहस तताएको थियो । चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तह रहेको जिल्लामा आ–आफ्नो समूह बलियो भएको दाबा सबै नेताहरूले गरे ।

पालिका अधिवेशनबाट दुई स्थानीय तहमा मात्र वर्तमान सभापति कर्माचार्यनिकट पालिका सभापति बने । इलाम नगरपालिकामा तीर्थ गुरुङ र सूर्योदय नगरपालिकामा जीवन नेपाल विजयी भए ।

यता, भेषराज समूहबाट माङ्सेवुङ गाउँपालिकामा चन्द्र साम्वा सभापति बने । देउमाई नगरपालिकामा आचार्यनिकट दिलीप कार्कीले सभापति जिते । चुलाचुली गाउँपालिकामा राजेन्द्र केरुङ, माइजोगमाई गाउँपालिकामा नरेन्द्र देवान तथा रोङ गाउँपालिकामा हरि बुढाथोकी सभापति बन्न सफल भए ।

केशव थापा समूहबाट फाकफोकथुम गाउँपालिकामा डिकबहादुर थापाले सभापति जिते । डम्बर खड्काको समूहबाट माई नगरपालिकामा हेमबहादुर लिम्बू र सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ सभापति बने ।

मंसिर ३ मा सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा पनि भेषराज आचार्यको पक्षमा देखियो । चार प्रदेशसभा क्षेत्रीय अधिवेशनमध्ये तीन सभापति भेषराज पक्षका बने । एकजना भने डम्बर खड्कानिकटले जितेका छन् ।

निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश निर्वाचन क्षेत्र ‘क’मा डम्बर खड्कानिकट मैया लिम्बूले जित हासिल गरिन् । यस्तै, ‘ख’मा भने आचार्यनिकट निस्कल राईले जित हासिल गरे ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश निर्वाचन क्षेत्र ‘क’मा गोपाल चौहान र ‘ख’मा खगेन्द्र लिम्बू निर्वाचित भए । उनीहरू दुवै आचार्यनिकट मानिन्छन् ।

मंसिर ६ गते सम्पन्न क्षेत्रीय सभा निर्वाचनमा आचार्य समूह नै बलियो देखिएको छ । क्षेत्र नम्बर–१ मा आचार्य समूहबाट रोङ गाउँपालिकाका अध्यक्ष समेत रहेका शमशेर राई र क्षेत्र नम्बर–२ मा माङ्सेवुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो विजयी भए ।

महाधिवेशन प्रतिनिधिमा पनि १ नम्बर क्षेत्रमा पौडेल समूहका २७ जनामध्ये भेषराज पक्षका १७ जना आएको बताइन्छ । यस्तै, बाँकी संस्थापन पक्षका प्रतिनिधि आएका छन् । क्षेत्र नम्बर–२ मा २० जनाभन्दा बढी पौडेल समूहले महाधिवेशन प्रतिनिधि जितेको दाबी समूहको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro