site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘यसै साता क्रिकेट मुख्य प्रशिक्षकको टुंगो लाग्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक यसै साताभित्र टुंगो लाग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव तथा छनोट समितिका संयोजक प्रशान्तविक्रम मल्लले यसै साताभित्र नयाँ प्रशिक्षकको टुंगो लाग्ने बताएका छन् ।

गएको कात्तिक ३० गते सम्पन्न क्यानको बोर्ड बैठकले मल्लको संयोजकत्वमा संघका कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एकजना आईसीसी प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“सम्भवतः आज हामी बैठक बस्छौँ र क–कसको अन्र्तवार्ता लिने भनेर टुंगो लगानेछौँ । त्यसपछि हामी यसै साताभित्र नयाँ प्रशिक्षकको टुंगो लगाउनेछौँ,” संयोजक मल्लले भने, “हुन त बाहिर धेरै नामको चर्चा छ । हाम्रो लिस्टमा आएका भन्दा फरक छन् । ती सबै अनुमानको भरमा आएका छन् ।”

यसअघि, संघका कोषाध्यक्ष तथा छनोट समितिका सदस्य सिंहले ६० जनाले आवेदन दिएको र त्यसबाट १५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरिएको बताएका थिए । यद्यपि, संयोजक मल्लले १५ जनाकै अन्तर्वार्ता हुने नहुने टुंगो नलागेको बताए । मल्ले थपे, “१५ जना नै भन्ने होइन । त्यसमध्येबाट हामीलाई सक्षम लागेका पाँचजनाको पनि हुनसक्छ । १५ जनाकै पनि हुनसक्छ ।”

Global Ime bank

डेभ वाट्मोरले गएको भदौ १९ गते पदबाट राजीनामा दिएका थिए । ओमान भ्रमणका क्रममा वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement