राजनीति
काठमाडौं । नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनको विरोधमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् ।
'दबावको शासन अन्त्य गर, विधिको शासन कायम गर' भन्दै उनीहरूले शुक्रबार बानेश्वरमा प्रर्दशन गरेका हुन् । कानुन व्यवसायीसहितले 'बेन्च बहिस्कार अन्त्य गर' गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
कार्यक्रममा अधिवक्ता स्वागत नेपालले न्यायधीशले बेन्च बहिष्कार गर्दा आमजनता समस्यामा परेको बताए । उनले अब न्यायधीशहरूले जनताका लागि काम गर्ने बेला आएको भन्दै बारको आन्दोलनमा सहभागी नहुन आग्रह गरे ।
प्रदर्शनकारीले 'मेरो पेसी कहिले आउँछ श्रीमान' लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८ १६:२८
प्रतिक्रिया दिनुहोस्