site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेमिफाइनलमा पुग्ने पाकिस्तानको लक्ष्य 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर–१२ मा अपराजित पाकिस्तान टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक नामिबियासँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो खेलमा भारतलाई हराउँदै उच्च मनोबलमा रहेको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तान ब्याटिङ तथा बलिङ दुवै पक्षमा बलियो छ । कप्तान बाबर आजमले विश्वकप क्रिकेटअन्तर्गत दुई खेलमा टिमका लागि उत्कृट पारी खेले ।

स्कटल्यान्डमाथि जित निकालेर प्रतियोगिताको सुरुवात गरेको नामिबिया दोस्रो खेलमा अफगानिस्तानसँग हारेको थियो । नामिबिया आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो सम्भावना कायम राख्ने योजनामा छ । तर, बलियो पाकिस्तानमाथि जित निकाल्न नामिबियालाई सहज भने छैन ।

Global Ime bank

पाकिस्तान आजको खेलमा नामिबियामाथि सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

शेख जायद क्रिकेट स्टेडियममा हुने पाकिस्तान र नामिबियाबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement