site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पन्जाबलाई हराउँदै बैंगलोर प्लेअफमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बैंगलोरले पन्जाब किङ्सलाई ६ रनले हराउँदै प्लेअफमा स्थान बनाउने तेस्रो टिम बनेको हो ।

सारझाँ क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १६५ रनको लक्ष्य पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो । 

पन्जाबका लागि मयंक अग्रवालले ५७ रनको अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान केएल राहुलले ३९ रनको योगदान गरे । पन्जाबका लागि एडेन मार्करनले २० रन बनाउँदा साहरुख खानले १६ रन बनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ बैंगलोरका लागि युजभेन्द्र चहालले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गोर्जे ग्रेटोन र साहबाज अहमेदले समान एक–एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।  

Global Ime bank

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५७ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै देभदत्त पाडिकलले ४० रनको योगदान गर्दा कप्तान विराट कोहली २५ तथा एभी डिभिलियर्सले २३ रन बनाए । 

बलिङतर्फ पन्जाबका लागि मोहमद श्वामी र मोइस हेनरीक्यूले समान तीन–तीन विकेट लिए । 

आजको खेलमा जित निकाल्दै दुवै बैंगलोरले १२ खेलबाट १६ अंक जोडेर तेस्रो स्थानमा आफूलाई उभ्याएको छ । बैंगलोर प्लेअफमा पुगेको छ । 

यता पन्जाब भने समूह चरणबाट नै बाहिरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement