site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साबिक विजेता हेल्प नेपाल फाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता हेल्प नेपालले आज नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपमा पुरुष स्पार्धाको फाइनलमा स्थान बनाएको छ । 

तीन भारतीय खेलाडी खेलाएको हेल्प नेपाललाई नेपालको विभागीय टोलीले कुनै पनि सेटमा बलियो चुनौती पेश गर्न सकेन । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले  पुलिस क्लबलाई २५–१७, २५–१८, २५–२१ को स्कोरमा हराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हेल्प नेपालले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहबरी बल (एपीएफ) क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आजै भएको महिलातर्फको सेमिफाइनलमा न्यु डायमण्ड स्पोर्टस क्लब र एपीएफले फाइनलमा स्थान बनाए । न्यु डायमण्डले नेपाल पुलिस क्बललाई ३–२ को सेटमा हराएको हो । एपीएफले पनि त्रिभुवन आर्मी क्लबलाई ३–२ कै सेटमा हराएको हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय