site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ढोरपाटनलाई रातो कार्ड, पुलिस र हेल्प नेपाल सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ढोरपाटन स्पोर्ट्स क्लबले रातो कार्डको सामना गरेको खेलमा नेपाल पुलिस क्लबले ३–० को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पार्दै राष्ट्रिय पुरुष तथा महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी प्रतियोगितामा पुरुषतर्फको दोस्रो क्वार्टरफाइनल खेलमा बिहीबार पुलिसले ढोरपाटनलाई २५–१९, २५–१८ र २५–१९ को स्कोरमा पराजित गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको तेस्रो सेट २४–१९ को स्थितिमा हुँदा ढोरपाटनले रातो कार्डको सामना गरेपछि पुलिस क्लबले एक अंक बोनस पाएको थियो । खेलाडी परिवर्तन गर्नेक्रममा ढिलो गर्नुका साथै गलत खेलाडी परिवर्तन गरेका कारण रेफ्रीले ढोरपाटनलाई रातो कार्ड देखाएका थिए ।

हारका बाबजुद ढोरपाटन स्पोर्ट्स क्लबले एनभीए लिगमा स्थान सुरक्षित गरेको छ । यस प्रतियोगिताबाट सात टोलीले एनभीए लिगमा स्थान पक्का गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ १४ टोलीको सहभागिता थियो । पुलिससँग पराजित नयाँ बजार युवा क्लबले भन्दा बढी अंक जोडेका कारण ढोरपाटनले एनभीए लिगमा स्थान सुरक्षित गरेको हो ।

Global Ime bank

पुलिस क्लब समूह ‘बी’को विजेता टोली हो भने ढोरपाटन स्पोर्ट्स क्लब समूह ‘डी’को उपविजेता हो ।

आजै भएको पहिलो क्वार्टरफाइनलमा हेल्प नेपाल क्लबले नयाँ बजार युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । तीन भारतीय खेलाडी खेलाएको हेल्प नेपालले नयाँ बजारलाई २५–२०, २५–१० र २५–१७ को स्कोरमा हराएको हो ।  पुलिसले अब फाइनल प्रवेशका लागि हेल्प नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

आजै तेस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबले गलकोट स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेलमा एपीएफ र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement