site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धन बैठक : मन्त्रीको नामसहित मन्त्रालय भागबन्डाको तयारी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद्लाई आजभोलिमै पूर्णता दिने तयारी गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)का एक नेताका अनुसार मन्त्रिपरिषद् विस्तार धेरै ढिला भएको भन्दै अब प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । अध्यादेश संसद्बाट फिर्ता तथा राष्ट्रपतिलाई खारेजी सिफारिस गर्ने काम सरकारका तर्फबाट हुनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसअघि नै सत्ता गठबन्धनका दलहरूले आफ्नो पार्टीका तर्फबाट मन्त्रीको नामावलीलाई अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई दिनेछन् ।

“गठबन्धनका अधिकांश दलबाट मन्त्रीहरूको नाम तयार गरिसकेको अवस्था छ,” ती नेताले भने, “अध्यादेश खारेज भयो भने जसपाले पनि मन्त्रीको नाम दिने र मन्त्रिपरिषद्लाई पूर्णता दिइनेछ ।”

Royal Enfield Island Ad

जसपा नेता इस्तियाक राईका अनुसार अध्यादेश फिर्ता भए जसपा मन्त्रीहरूको नामावली दिनका लागि तयारी अवस्थामा छ । उनका अनुसार अध्यादेश खारेज गरेको भए यसअघि नै जसपा सरकारमा गइसकेको हुने थियो ।

“अध्यादेश खारेज भइसकेको भए जसपा धेरै पहिले सरकारमा गइसकेको हुन्थ्यो,” राईले भने, “दल फुटाउने खुकुलो प्रस्ताव राख्दा सरकारमा जानासाथ पद नपाउनेहरूले दल फुटायउने जोखिम हुन्छ । त्यसैले अध्यादेश कायम राखेर जसपा सरकारमा सहभागी हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro