site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सदस्य सचिव सिलवाल भन्छन्– पारसले सन्यास फिर्ता लिनुपर्छ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले सन्यास फिर्ता लिनुपर्ने बताएका छन् । 

कसमस कजेल अफ म्यानेजमेन्ट एन्ड इन्जिनियरिङले पारसलाई सद्भावना दूत घोषणा गरेको कार्यक्रममा सदस्य सचिव सिलवालले राष्ट्रले आह्वान गरेको अवस्थामा उनले सन्यास फिर्ता लिनुपर्ने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘पारसले सन्यासको घोषणा गर्दा म चकित भएँ । म खेलकुदको अभिभावक भएका कारण कम्तीमा एकपटक सल्लाह गरेको भए हुन्थ्यो भन्ने लाग्यो,’’ नेपाल क्रिकेट संघसँग पनि परामर्श गरेको भन्दै सिलवालले थपे, ‘‘पारसको सन्यास यसरी हुनुहुँदैनथ्यो । एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गरेर लिनुपथ्र्यो । गौरवपूर्ण बिदाइ हुनुथ्र्यो । खेलकै मैदानबाट बिदाइ हुर्नुपथ्र्यो । त्यसैले म अनुरोध गर्दछु कि पारसले सन्यास फिर्ता लिनुपर्छ ।’’

नेपाली टोलीका पूर्व कप्तान पारसले साउन १९ गते समाजिक सञ्जालमा पोस्ट गर्दै सन्यास लिएको घोषणा गरेका थिए । सदस्य सचिव सिलवालले लियोनल मेसीको उदाहरण दिँदै पारसलाई सन्यास फिर्ता लिनका लागि आग्रह गरे । 

Global Ime bank

‘‘जसरी मेसीले राष्ट्रले आह्वान गरेपछि सन्यास फिर्ता लिए । त्यसरी पारसले फिर्ता लिनुपर्छ । म फेरि अनुरोध गर्छु, पारस खड्काले सन्यास फिर्ता लिएर मैदान उत्रिनुपर्छ,’’ सदस्य सचिव सिलवालले थपे, ‘‘पारस खड्काको भन्दा पनि राष्ट्रको आवश्यकता हो । कहिलेकाहीँ खेलाडीले आपूुले मात्र स्वतन्त्रताले निर्णय गर्न सक्दैन । राष्ट्रकोबारेमा पनि सोच्नुपर्छ । पारस व्यक्ति होइनन्, उनी संस्था हुन् । राष्ट्रको सम्पत्ति हुन् । राष्ट्रको सम्पत्तिले कहिलेकाहीँ नयाँ कोणबाट पनि सोच्नुपर्छ ।’’

सिलवालले नेपाली क्रिकेट लामोसमयदेखि पारसको वरिपरि घुमेको पनि बताए । उनले थपे, ‘‘पारस जुनसुकै स्वरूपमा उत्तिकै राम्रो प्रदर्शन गर्नसक्ने क्षमता भएका हुन् । चाहे त्यो बलिङ होस् वा ब्याटिङमा होस । भारतमा सचिन तेन्डुलकरको वरिपरि टिम बनेजस्तै नेपालमा पनि पारसको वरिपरि टिम बन्ने गर्छ । खेलप्रेमीले चाहेको पारससहितको क्रिकेट हो । पारसविनाको क्रिकेट होइन ।’’

पारसले खेलकुदमा लागेपनि अध्ययनलाई निरन्तरता दिनुपर्ने बताए । उनी भन्छन्, ‘‘कोही फुटबलमा, कोही क्रिकेटमा वा अन्य खेलमा सक्रिय होलान् । तर पढाइ छोड्नु हुन्न भन्ने सन्देश दिन यो सहकार्य गरेको हुँ ।’’

कसमस कलेजका अध्यक्ष लक्षमण पोखरेलले पारसको एक्सिलेन्स क्रिकेट एकेडेमीका लागि २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement