site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काबुल विमानस्थलमा रकेट प्रहार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रोयटर्स । अमेरिका आफ्नो सबैभन्दा लामो युद्ध समाप्त गर्न आफगानिस्तानबाट फर्किन हतार गरिरहेको बेला काबुल विमानस्थलमा रकेट प्रहार भएको छ । अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी एन्टी–मिसाइल डिफेनसेसले पाँच ओटा रकेटलाई रोकेको अमेरिकी अधिकारीले बताएका छन् ।
 
रकेट आक्रमणबाट अहिलेसम्म कुनै अमेरिकीको हताहती भएको जानकारी नआएको तर यो सूचना परिवर्तन हुनसक्ने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । तालिबान र वासिङ्टन मंगलबारसम्म अमेरिकी फौज फिर्ता गर्न सहमत भएका थिए ।

अमेरिका र उसका गठबन्धन फौज अफगानिस्तानमा बाँकी रहेका आफ्ना नागरिक र जोखिममा रहेका अफगान नागरिकलाई समयसीमा सकिनुअघि नै उद्धार गर्न हतार गरिरहेका छन् ।
 
गएको बिहीबार आईएस–के ले १३ अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जानेगरी गरको आत्मघाती बम विस्फोटपछि उद्धार कार्य झनै जरुरी र जोखिमपूर्ण बनेको थियो ।
 
आत्मघाती आक्रमणको बदलामा अमेरिकाले पनि आईएसमाथि ड्रोन हमला गरेको थियो । ड्रोन हमला गरी आत्मघाती आक्रमणका योजनाकार मारिदिएको र संभावित आक्रमण रोकेको अमेरिकाले दाबी गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement