site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या बढ्यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । गत सोमबार देशभर कोरोनाबाट २४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये प्रदेश १ का मात्र १८ जना थिए । त्यो दिन प्रदेशमा ५ महिला र १३ पुरुषको मृत्यु भएको थियो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार ३१२ जना कोरोना संक्रमणमुक्त भएका थिए । संक्रमितको संख्या ४२१ थियो । 

मंगलबार कोरोनाबाट १३ जनाको ज्यान गयो । कोरोनाबाट मृत्यु हुनेमा ४ महिला र ९ पुरुष थिए । ६११ नयाँ संक्रमित थपिए । संक्रमण मुक्त हुनेको संख्या ३१२ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार प्रदेश १ मा कोरोनाबाट ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ५ महिला र ६ पुरुष छन् । पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भए । ५५४ जनाले कोरोना जिते । तुलनात्मक रूपमा संक्रमण केही स्थिर भएजस्तो देखिएपनि प्रदेशमा दैनिक मृत्यु हुनेको संख्यामा भने कमी आउन सकेको छैन ।

पछिल्ला तथ्यांकले प्रदेश १ मा कोरोनाको संक्रमणसँगै मृत्युको आँकडा झन् डरलाग्दो गरी बढिरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका अस्पतालहरूमा गम्भीर स्वास्थ्य समस्या भएका संक्रमित थपिने क्रम बढेको छ । प्रदेश राजधानी विराटनगरको कोसीसहित निजी अस्पतालका बेड संक्रमितले खचाखच भरिएका छन् ।

Global Ime bank

कोसी अस्पताल आइसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादव कोरोना संक्रमणको दर नघटेको बरु मृत्युको आँकडा बढ्नु चिन्ताको विषय भएको बताउँछन् । उनले भने, “पछिल्ला केही हप्ताको तथ्यांक हेर्ने हो भने प्रदेश १ मा कोरोनाबाट मृत्यु हुने आँकडा बढेको देखिन्छ ।” उनले सरकारले लागु गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड निषेधाज्ञा खुकुलो भएपनि कडाइकासाथ लागु गर्नुपर्ने बताए ।

हालसम्म कोरोनाबाट प्रदेश १ मा एक हजार ८८३ जनाको मृत्यु भएको छ । संक्रमितको जम्मा संख्या ९५ हजार २३० पुगेको छ । तीमध्ये ८७ हजार ९८५ डिस्चार्ज भएका छन् । कोरोनाको संक्रमण खासगरी झापा, मोरङ र सुनसरीका प्रमुख सहरमा केन्द्रित भएको देखिन्छ । 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोनाको जोखिम अझै कायमै रहेकाले सतर्क हुनुपर्ने बताए । उनले भने, “खोप अभियान पनि चलिरहेको छ । तरपनि स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न हेलचेक्र्याइँ गर्नु हुँदैन ।”

सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेशभरका विभिन्न अस्पतालमा ४४ जना भेन्टिलेटरमा, ९८ जना आईसीयूमा, १९५ जना एचडीयूमा र १०८ जना जनरल बेडमा उपचाररत छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय