site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट आजदेखि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुने भएको छ ।

दुई टिमबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । वर्षाका कारण खेल रोकिँदा बराबरीमा सकिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो टेस्टमा भारत बलियो देखिएको थियो । आजको खेलमा भारतका शार्दुल ठाकुरको स्थानमा रवीचन्द्रन आश्विन आउनेछन् ।

लर्डसमा हुने यस टेस्टमा इंग्ल्यान्डको टोलीबाट मोइन अलीलाई पनि खेलाउने सम्भावना छ । इंग्ल्यान्ड पहिलो टेस्टमा भएको गल्तीलाई दोस्रोमा सुधार गर्ने योजनामा छ ।

Global Ime bank

दोस्रो टेस्ट नेपाली समयानुसार दिउँसो ३ः४५ देखि सुरु हुनेछ । दोस्रो टेस्टमा इंग्ल्यान्डका कप्तान जोए रुटबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा हुनेछ । पछिल्लो समय इंग्ल्यान्डको ब्याटिङ लाइन राम्रो छैन ।

भारतका कप्तान विराट कोहली पनि आफ्नो ब्याटिङलाई सुधार गर्ने योजनामा हुनेछन् । उनी पहिलो टेस्टमा ‘गोल्डेन डक’ भएका थिए ।

पहिलो टेस्टमा भारतका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतका जस्प्रित भुमराह पनि उत्कृष्ट फममा छन् । उनले पहिलो टेस्टमा ९ विकेट लिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement