site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनपुरधाम । महोत्तरीमा छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ परेका छन् । रामगोपालपुर नगरपालिका ६ विशम्भरपुरका ५ वर्षीय बालक रितेशकुमारको हत्या आरोपमा बुबा चन्द्रकिशोर यादव र सानिमा आमा रागनी मुखियालाई पक्राउ गरेको हो ।
 
मृत बालकको बुबालाई गाउँबाटै र सानिमा आमा रागनीलाई धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बुधबार अपराह्न करिब ५ बजेदेखि बालक हराइरहेका थिए । बिहीबार दिउँसो घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा मृत फेला परेका थिए । 

उनका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको देखिन्छ ।
 
पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको उनले बताए । स्थानीयले बालकको हत्या भएको अशंका गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement