site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका जान खोज्दा डुंगा दुर्घटना हुँदा सात नेपाली बेपत्ता : दाङबाट एक महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दुर्घटनामा बेपत्ता प्रकरणमा प्रहरीले एकजना महिलालाई दाङबाट पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको समन्वयमा दाङको घोराही उपमहानगरपालिका–१४, मिलनचोक बस्ने गोमा जिसीलाई पक्राउ गरिएको हो ।

गोमाका श्रीमान् टोपबहादुरले गैरकानुनी रूपमा नेपालीलाई अमेरिका पठाउन खोजेका थिए । उनी हाल विदेशमा छन् । तर, बेपत्ता भएका भनिएकाहरुले टोपबहादुरकी श्रीमती गोमाको खातामा रकम जम्मा गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार यही असार ७ गते नेपालका आठ र १० बंगलादेशी नागरिक सवार डुंगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा सात नेपाली बेपत्ता भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro