site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘बन्द भएको कोसी कोभिड अस्पताललाई किन खुला छ भनिँदै छ ?’ 
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले प्रदेश नम्बर–१ सरकारले बन्द भएको कोभिड अस्पताल चलिरहेको भन्ने झुटो अभिव्यक्ति दिएर जनता र सांसदलाई गुमराहमा राख्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बिहीबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सरकारले १० दिनमा तयार गरेको भनिएको कोसी कोभिड अस्पताल बन्द रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “तर, सरकारका मन्त्रीहरु अहिले पनि कोसी अस्पताल सञ्चालनमा रहेको छ भन्दै झुट प्रचार गरिरहनुभएको छ । बन्द भएको अस्पताललाई खुला छ भनेर झुट बोल्ने ? के त्यो अस्पताल खुला छ ?”

उनले हाल कोसी कोभिड अस्पताल परिसरमा विराटनगर महानगरपालिका, उद्योगी, व्यवसायी र नागरिकको सहयोगमा निर्माण भएको नागरिक केयर सेन्टर मात्र सञ्चालनमा रहेको सदनसमक्ष जानकारी गराए । सदनमा झुटो बोल्न नदिइयोस् भन्दै उनले सभामुखको ध्यानाकर्षण पनि गराए ।

Global Ime bank

कार्कीले कोसी कोभिड अस्पताल सञ्चालन नभएको बरु लामो समयदेखि बन्द रहेको बताए । मुख्यमन्त्री शेरधन राईको सम्पर्क कार्यालयको नाममा करोडौँ रकम खर्च भइरहेको बताउँदै उनले भने, “प्रदेश सरकारको पैसा काठमाडौंमा कार्यालय खोलेर खर्च गर्न पाइँदैन । संघीय सरकारले अपार्टमेन्ट दिएको भनिएको छ किन चाहियो सम्पर्क कार्यालय ?”

कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षको सप्तकोसी उकासको जमिन लिजमा दिने निर्णय गर्नु जनताको पक्षमा नरहेको जिकिर गरे । निलहरि काफ्लेको नाममा दिइएको लिज मान्य नहुने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय