site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियन बनको छ । फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो ।
बुधबार दोस्रो इनिङ्समा भारत १७० रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको थियो  । साउथह्याम्पटनमा सामान्य लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर पूरा गर्‍याे ।

दोस्रो इनिङ्समा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले  । रोस टेलर ४७ रनमा अविजित रहे  ।

बलिङतर्फ भारतका रविचन्द्र आश्विनले २ विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २१७ रन बनाएको थियो  । पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए । 

भारतलाई सस्तैमा समेट्ने न्युजिल्यान्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।

Global Ime bank

पहिलो इनिङ्समा न्युजिल्यान्ड पनि २४९ रन जोड्दा अलआउट भएको थियो ।

भारतका मोहमद शामीले ४ विकेट लिए । इशान शर्माले ३ तथा रविचन्द्र आश्विनले २ विकेट लिए ।

न्युजिल्यान्डका बलर चम्किएपछि दोस्रो इनिङ्समा पनि भारत सस्तैमा समेटिएको थियो । भारतका ऋषव पन्तले सर्वाधिक ४१ रन बनाए । रोहित शर्माले ३० रन जोड्दा रविन्द्र जडेजाले १६ रन बनाए ।

न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । ट्रेण्ड बोल्टले ३ तथा केली जेमिसनले ३ विकेट लिए । 

उपाधिसँगै न्युजिल्यान्डले १.६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

न्युजिल्यान्डले पहिलो संस्करणको उपाधि जित्न सफल भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement