site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दिल्लीमा २४ घण्टामा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या १०० भन्दा कम
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडाैं । भारतको राजधानीसमेत रहेको दिल्ली राज्यमा एक दिनमा मृत्यु हुनेको सङ्ख्या अप्रिल १३ पछि पहिलो पटक १०० भन्दा कम रेकर्ड भएको राज्य सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।

यो अवधिमा दिल्लीमा ९४६ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने ७८ सङ्क्रमितको मृत्यु भएको छ । 

Agni Group

भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा समग्र भारतमा जस्तै सङ्क्रमण दरमा निकै कमी आएको बताइएको छ । दिल्लीमा आइतबार निको हुनेको सङ्ख्या एक हजार ८०३ कायम भएको छ । दिल्लीमा सङ्क्रमण दर १.२५ कायम भएको छ । 

दिल्लीमा अहिलेसम्म कूल एक करोड ९२ लाख ३७ हजार ४० व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ भने विगत २४ घण्टामा ७५ हजार ४४० व्यत्तिले परीक्षण गराएका थिए ।

Global Ime bank

सरकारी तथ्याङ्क अनुसार दिल्लीमा अहिलेसम्म कोभिड सङ्क्रमितको सङ्ख्या १४ लाख २५ हजार ५९२ पुगेको छ । योमध्ये अझै १२ हजार १०० व्यक्ति सक्रिय सङ्क्रमित रहेका छन् । दिल्लीमा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या १३ लाख ८९ हजार ३४१ रहेको छ भने २४ हजार १५१ व्यक्तिले महामारीका कारण ज्यान गुमाएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC