site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साना करदातालाई ९० प्रतिशत कर छुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकाले कोभिड प्रभावित उद्योग व्यवसाय र साना व्यवसायीलाई चालु आर्थिक वर्षको कर छुट दिने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७८–०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित अवस्थामा करदातालाई राहत र सहुलियतसहित शिघ्र आर्थिक पुनरुउत्थान बजेटको लक्ष्य रहेको बताए ।

कोभिड १९ बाट प्रभावित उद्योगी व्यवसायीलाई कर छुट तथा सहुलियत राजश्व नीतिको माध्यमबाट आन्तरिक तथा तथा बाह्य लगानी प्रवर्द्धन, स्वदेशी उद्योगको संरक्षण र व्यापार प्रवर्द्धन करको दायरा विस्तार र राजश्व चुहावट नियन्त्रणको माध्यमबाट थप राजश्व परिचालन गर्ने सरकारको नीति रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजश्व प्रणालीलाई थप स्वच्छ पारदर्शी स्वाचालित र अनुमानयोग्य बनाउने तथा राजश्व प्रशासनको स्वचालित पूर्वाधार विकास र सूचना प्रविधिको अधिकतम उपयोगबाट राजश्व अभिवृद्धि गर्ने लक्ष्य रहेको उनको दाबी थियो ।

सरकारले चालु आर्थिक वर्षमा आयकरमा वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० देखि ५० लाखसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यस्तै कोभिडबाट अति प्रभावित होटेल ट्राभल टे«किङ, यातायात, हवाइ सेवा र चलचित्र उद्योगको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने र त्यस्ता व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि १० वर्ष बनाउने अर्थमन्त्री पौडेलले बताए ।

Global Ime bank

आर्थिक वर्ष २०७५–०७६ सम्मको वार्षिक कर विवरण नबुझाएका नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ असोज मसान्तसम्म विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा गर्ने सरकारले घोषणा गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७७–०७८ मा संघ प्रदेश र स्थानीय तहको कोभिड कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन मिल्ने निवृतिभरणवापतको करयोग्य आय गणना गर्दा थप २५ प्रतिशत छुट दिने साथै आर्थिक वर्ष २०७७–०७८ मा स्वास्थ्य मन्त्रालयले तोकेका अस्पताललाई स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेको रकम करयोग्य आयबाट घटाउन सक्ने उनले बताए ।

यता करदाताले करयोग्य कारोबारबाट एलपी ग्याँस र डिजेलको मुल्य अभिवृद्धि कर कट्टी गर्न पाउने व्यवस्था गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय