site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र सिटी भिड्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज (शनिबार) राति हुँदैछ । रोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिताको फाइलन खेलमा दुई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् । 
पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा हुने दुई टोलीबीचको फाइलन खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

आजको खेमला दुबै टिम उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । चेल्सी दोस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने योजनामा हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो । यता, सिटी भने पहिलोपटक उपाधि जित्ने योजनामा हुनेछ । 

सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटीका मूख्य प्रशिक्षक पेप ग्वार्डीओलाले च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका छन् । उनले बार्सिलोना र वायर्नका लागि च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाई सकेका छन् ।  

Global Ime bank

प्रिमियर लिगको च्याम्पियन सिटीले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । त्यसैले ग्वार्डिवालालाई उपाधि जित्ने मौका छ । उनी सिटीलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएर आफूलाई उत्कृष्ट प्रशिक्षकको रुपमा स्थापित गर्ने योजनामा छन् । 

च्याम्पियन्स लिगको फाइनल तेस्रोपटक दुई प्रिमियर लिग क्लब भिड्न लागेका हुन् । यस अघि सन् २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सी भिडेका थिए । जसमा युनाइटेडले उपाधि उचालेको थियो । 

यस्तै २०१९ मा लिभरपुल र टोटेनहम फाइनलमा भिडेका थिए । उक्त खेलमा लिभरपुलले २–० को जित निकाल्दै उपाधि जितेको थियो ।

त्यसैले आजको खेलमा पनि रोमाञ्चक हुनेछ । आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । सिटी आफ्नो इतिहास रच्ने योनजामा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement