site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानमा २३ तालिवान लडाकु मारिए
फाइल तस्बिर

काबुल । अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकुहरु मारिएका छन् ।देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउँसो भिडन्त भएको सैन्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्ने गाउँमा घटना भएको बताए । घटनामा परी २३ जनाको मृत्यु भएको र अरु ११ जना घाइते भएको पनि उनले जानकारी दिए ।   

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनकाअनुसार सुरक्षाकर्मीहरुले घटनास्थलबाट लडाकुहरूले प्रयोग गर्ने मोटरसाइकल समेत बरामद गरेका छन् । अफगानिस्तानका धेरै ठाउँमा तालिवान लडाकुहरू लामो समयदेखि हिंसात्मक क्रियाकलापमा सक्रिय हुदै आएका छन् । 

बिहीबारको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी नलिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २२:३५
प्रतिक्रिया दिनुहोस्