site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिजिटल माध्यमबाट पनि रंगमञ्चलाई निरन्तरता दिन सकिन्छ : दयाहाङ राई 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निर्देशक तथा कलाकार दयाहाङ राईले रंगमञ्चलाई डिजिटल माध्यमबाट पनि अघि बढाउन सकिने बताएका छन् ।

उनले निर्देशन गरेको नाटक ‘मितज्यू’ शुक्रबार युट्युबममार्फत प्रसारण भएको छ । पहिलोपटक नाटकघरमा नभई युट्युबमा नाटक प्रसारणका लागि तयार गरेका उनले नाटकको प्रिमियरपछि भर्चुअल मिटिङमार्फत भएको छलफलमा उनले यसो भनेका हुन् । 

“आज मितज्यू र यसअघिको लकडाउनमा थिएटर मलले गरेको अनलाइन नाटक महोत्सव हेरेपछि यसलाई यो माध्यममार्फत पनि अघि बढाउन सकिने रहेछ भन्ने मलाई लागेको छ,” कलाकार राई थप्छन्, “हरेक नाटकलाई सम्भव नहोला तर सकिने चाहिँ रहेछ भन्ने लागेको छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसो भनिरहँदा उनी नाटकको मर्म भनेको प्रत्यक्ष मञ्चन नै हो भन्ने कुरा पनि नकार्दैनन् । तर अनलाइनमार्फत पनि दर्शकलाई प्रत्यक्ष नाटकघरसम्म तान्ने राम्रो पुल भएको कुरामा उनी जोड दिन्छन् । 

कलाकार राई भन्छन्, “अनलाइन प्लेटफर्ममार्फत धेरै अडियसन्ससम्म पुग्न सकिन्छ र उनीहरूलाई नाटकघर, रंगमञ्चको बारेमा थाहा दिएर पछि नाटकघरसम्म डोहोर्‍याउन सकिन्छ ।”

Royal Enfield Island Ad

यसका साथै उनले अनलाइनमार्फत नाटक प्रसाारण गरिरहँदा कसरी आर्थिक पाटोलाई पनि उठाउन सकिन्छ भनेर पनि बाटो देखाएका छन् ।
 
युट्युबमा नाटक लगिरहँदा स्पोन्सरहरू खोज्नेदेखि यसका लागि अन्य उपाय भने सोच्नुपर्ने र उपाय पनि भएको दयाहाङले बताए ।
 पहिलोपटक युट्युबकै लागि भनेर मितज्यू तयार पारिरहँदा धेरै प्राविधिक चुनौतीको सामना उनले गरे । 

“क्यामेराको लागि भन्ने बित्तिकै धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ । पहिलो छायांकनमा क्यामेरा त्यसपछि ध्वनी लगायत सम्पादनमा पनि धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ,” उनी भन्छन्, “किनभने मैले रंगमञ्चको मौलिकतालाई पनि मार्नु हुँदैन थियो । जसका कारण मैले सुरुमा ४ वटा क्यामेरा प्रयोग गरेपनि सम्पादनमा आउँदा २ वटा (वाइड र मिडसट) फ्रेमको क्यामेराको मात्रै लिएँ ।”

हुन त यो नाटक ७ वर्षअघि मण्डला नाटक घरमा मञ्चन भैसकेको थियो । तर यसलाई पुनः मञ्चन गर्नुको कारण पहिलो पटकमा आफैँलाई कति कुरामा चित्त नबुझेको निर्देशक दयाहाङ र लेखक सोमनाथ मान्छन् ।
 
जसका कारण यसलाई पुनः मञ्चन गर्ने सोचमा उनीहरू थिए । तर कोरोना महामारीले यसलाई यो पटक भने अनलाइनमार्फत दर्शकसामु ल्याइयो ।

लेखक सोमनाथ खनाल भन्छन्, “पहिलोपटक मञ्चन हुँदा मैलेभर्खरै लेख्न सुरु गरेको थिएँ । त्यसैले कति कुराहरू छुटेको थियो । तर यो पटक मैले मज्जाले पुर्नलेखन गर्ने मौका पाएँ र यसलाई अझै राम्रो तरिकामा पस्किन पाएको छु ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro