site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोरङमा थप १० दिन निषेधाज्ञा 
Ghorahi CementGhorahi Cement

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । 

कोरोना जोखिम कम नभएपछि निषेधाज्ञाको समय थप गरिएको हो । निषेधाज्ञाका बेला सरकारीबाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणमा रोक लगाइएको छ । निर्माण सामग्रीसमेत बिहान १० बजेसम्म मात्र ढुवानी गर्न पाइने छ । 

Agni Group

यसअघि औद्योगिक मजदुरलाई घरबाट उद्योगसम्म जान छुट दिइएकोमा अबको निषेधाज्ञामा भने रोक लगाइएको छ । उद्योगको आवास गृहमा राखेर उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ । बाहिरी मजदुरको आवत–जावतले संक्रमण बढ्न सक्ने देखिएको प्रजिअ निरौलाले बताए ।

सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको छ । बजार क्षेत्र पनि बन्द रहने छ । बैंकको सेवा व्यवस्थापनका लागि राष्ट्र बैंकसँग समन्वय गरिएको र अनलाइन कारोवार गर्नका लागि आग्रह गरिएको बताइएको छ । खाद्यान्न, सागसब्जी र दुग्धजन्य बस्तुको बिक्री बिहान १० बजेसम्म तोकिएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC