site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, मर्जरपछि अध्यक्ष पाँडे, सीईओ राणा

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट तुलसीप्रसाद गौतमले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष र स्वाप रेसियो तथा उच्च व्यवस्थापनजस्ता विषयमा सहमति जुटेसँगै मर्जरको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । आज दिउँसो ३ बजे छाया कम्प्लेक्सको होटेल अलफ्टमा दुई बैंकका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई बैंकबीच कर्मचारी समायोजन, सफ्टवेयर कुन बैंकको चलाउने भन्ने विषयमा भने छलफल भएको छैन । बाँकी कुरा स्वतन्त्र विज्ञबाट मूल्यांकन गराउने र जुन बैंकको उपयुक्त हुन्छ, त्यसलाइ नै अगाडि बढाउने अनौपचारिक सहमति भएको छ ।

मर्जरपछि बन्ने बैंकमा हिमालयनबाट तीन र नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीनजना सञ्चालक रहने सहमति भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा उल्लेख छ । मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहनेछ । सञ्चालक समिति अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा हुनेछन् । इन्भेष्टमेन्ट सीईओ ज्योति पाण्डे डेपुटी सीईओ हुनेछन् ।

यसअघि, नेपाल इन्भेष्टमेन्ट बैंकले दुवै बैंकका सीईओलाई मर्जरपछि पनि सीईओ नै बनाएर सिनियर र जुनियर भनेर जानुपर्ने प्रस्ताव गरे पनि हिमालयन बैंकले त्यसमा असहमति जनाएपछि सहमति जुट्न सकेको थिएन । वैशाख १५ अगाडि नै एमओयू गर्ने तयारी भए पनि सीईओमा सहमति नजुट्दा त्यति बेला एमओयू हुन सकेन । तर, राष्ट्र बैंकले नै दुवै बैंकलाई बोलाएर दुईजना सीईओ राख्न नमिल्ने भनेपछि इन्भेष्टमेन्टका सीईओ पाण्डेलाई डेपुटी सीईओ बनाउन सहमति जुटेर प्रक्रिया अगाडि बढेको हो । गएको बुधबार नेपाल इन्भेष्टमेन्ट र शुक्रबार हिमालयन बैंकको बोर्डले मर्जरको प्रस्ताव स्वीकृत गरेको थियो ।

मर्जरका लागि गराएको डीडीएमा दुई बैंक एक बराबर एकको स्वापमा मर्जरमा जाने सक्ने देखिएको छ । डीडीएमा हिमालयन बैंकको २८४ अंक र नेपाल इन्भेष्टमेन्ट बैंकको २८१ अंक आएको स्रोतको दाबी छ ।

डीडीएमा हिमालयन बैंक केही माथि भए पनि १ः१ मा जाने अवस्था रहेको स्रोत बताउँछ । दुई बैंक मर्जरपछि बन्ने बैंकको पुँजीकोष ४७ अर्ब नाघ्नेछ भने चुक्ता पुँजी करिब २७ अर्ब पुग्नेछ ।

दुवै बैंकले प्रकाशित गरेको असार मसान्त म्मको अपरिष्कृत वित्तीय विवरणानुसार मर्जरपछि बन्ने बैंकको निक्षेप ३ खर्ब ११ अर्ब, कर्जा लगानी २ खर्ब ८७ अर्ब, जगेडा कोष १९ अर्ब ७४ करोडको हुनेछ । यस्तै, कर्मचारी २५०० नाघ्नेछ भने शाखा सञ्जाल १५० माथि पुग्नेछ ।

स्रोतका अनुसार एमओयूमा असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिइएको छ । मर्जरमा जाने सम्झौतासँगै हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार कम्पनीमा पनि असार मसान्तसम्म रोक्का हुने भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro