site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यी हुन् डिजिटल प्लेटफर्ममा आजदेखि उपलब्ध चलचित्र र सिरिज

काठमाडौं । हरेक दिन डिजिटल प्लेटफर्ममा उपलब्ध हुने नयाँ–नयाँ फिल्म र सिरिजमा आज दुईवटा रिलिज भएका छन् ।

राधे : जीप्लेक्स
बलिउड दबंग खान सलमान अभिनीत ‘राधे : योर मोस्टवान्टेड भाइ’ आजदेखि भारतलगायत नेपालबाहेक अरु देशहरुमा एकैसाथ हल र डिजिटल प्लेटफर्ममा रिलिज भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली दर्शकले भने राधे नेटटीभी र नेटटीभी एपमा फर्स्ट डे फर्स्ट शो हेर्न पाउनेछन् । यो जीप्लेक्स प्लेटफर्ममा प्रत्येकपटक २४९ भारतीय रुपैयाँ तिरेर हेर्न पाइनेछ ।

प्रभु देवा अभिनीत यस एक्सन इन्टरटेनमेन्ट चलचित्रमा सलमानका साथै अभिनेत्री दिशा पटानी, अभिनेता ज्याकी श्राफ, रणदीप हुड्डाको मुख्य अभिनय रहेको छ । सन् २०२० को इदमा रिलिज म्िित तोकिएको यो चलचित्र कोरोना महामारीका कारण पोस्टपोन्ड भएको हो ।

कास्टलभेनिया सीजन ४ : नेटफ्ल्क्सि
नेटफ्ल्क्सिको सिरिज कास्टलभेनियाको अन्तिम संस्करण (सिजन४) आजदेखि नेटफ्ल्क्सिमा उपलब्ध भएको छ । क्लासिक कोनामी भिडियो गेममा आधारित यो नेटफ्ल्क्सिको पहिलो एनिमी (एनिमेटेड) सिरिज हो । यो सन् २०१७ मा लन्च भएको थियो ।

यो पूर्वी युरोपियन संसारमा आधारित डार्क मौलिक काल्पनिक एनिमी हो । रिचार्ड आर्मिटेज, ग्राहम म्याकटभिस, जेम्स क्यालिस, एमिली स्वालो, म्याट फ्युवेर, टोनी एमेन्डोला र एलेजेन्ड्रा रेनोसाले यस सिरिजका पात्रहरुमा आवाज भरेका छन् । इन्डियन एक्सप्रेसबाट ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्