site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काेराेना विरुद्धको खोपमा बौद्धिक सम्पत्तीको अवरोध हटाउन अमेरिका तयार
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती (पेटेन्ट राइट्स) सम्बन्धी अबरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको बताएको छ । 

कोभिड–१९ को महामारीलाई नियन्त्रणमा ल्याउनका लागि पेटेन्ट राइट्स सुरक्षालाई छुट दिनुपर्ने पक्षमा आफू रहेको बताएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्व व्यापार संगठन (डब्लुटीओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पतीसम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए । 

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको र खास गरी यूरोपेली संघ अन्तर्गतका मुलुकहरूमध्ये औपचारिक रूपमा समर्थन गर्नेमा फ्रान्स पहिलो बनेको छ । 

Global Ime bank

यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ । करिब एक महिना पहिले विश्व व्यापार संगठनको बैठकमा पनि उक्त कुरा उठाइएको तर त्यतिबेला यसलाई धनी राष्ट्रहरूले कम महत्व दिएको बताइएको छ ।

बैठकमा स्वीट्जरल्याण्ड, नर्वेलगायतका नेताले अनौपचारिक रूपमा चलाएका छलफलमा खोपको व्यापक उत्पादन कोभिड–१९ नियन्त्रणको व्यवहारिक उपाय हुने र यसका लागि खोप उत्पादनलाई सहजिकरणमा बल गर्नुपर्ने बताएका थिए । औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शङ्का रहेको बताएका छन् ।रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC