site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इसेवा मनि ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अस्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतासँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन सहज हुने भएको छ ।

उक्त सम्झौतापछि अस्ट्रेलियामा रहेका नेपालीले आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रियल टाइममा  रेमिट्यान्स् पठाउन सक्नेछन् । यस्तै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिने इसेवा रेमिटले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालनले भने, “पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अस्ट्रेलियामा रहनुभएको नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भरपर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तर्राष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा थप टेवा पुर्‍याउने छ ।”

पेरू रेमिट अस्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । जहाँबाट अस्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्