
काठमाडौं । नायक राजेश हमालले सरकारले सक्षमता देखाएर कोरोना संक्रमणको विद्यमान चुनौतिबाट जनतालाई पार लगाउनु पर्ने बताएका छन् । फेसबुक लाइभमार्फत उनले सरकारले सक्षमता देखाउने समय आएको भन्दै यसमा गम्भिरता देखाउन भनेका हुन् ।
सरकारले अहिलेको कठिन परिस्थितीबाट आफ्ना जनतालाई बाहिर निकाल्न सक्नु पर्ने उनको भनाइ छ । राजनीतिक तीतामीठा कुराहरु छोडेर नेपाली जनतालाई कसरी पार लगाउने भन्नेमा राजनीतिज्ञहरु केन्द्रित हुनुपर्नेमा राजेशको जोड छ ।
तीतामीठा कुरा र खटपटहरुलाई थाँती राखेर अहिले असहज अवस्थामा रहेका जनताको दुःखमा साथ दिनुपर्ने उनको भनाइ छ ।
कोरोनाको पहिलो लहर अमेरिका तथा युरोपियन देशमा बढी देखिए पनि अहिले यसको प्रभाव भारत र नेपालमा बढी परेको भन्दै उनी यो नाजुक परिस्थितिमा धैर्य भएर बस्न आग्रह गर्छन् ।
जनतामा गासबासको चुनौति भए पनि आफूलाई सम्हालेर बस्नुको विकल्प नरहेको भन्दै उनी सुरक्षित भएर बस्न उनको सुझाव छ ।
अहिलेकै अवस्था रहिरहे आम जनतामा पहिलाजस्तै फेरि पनि कहिले जाने र त्यो सम्भव छ हुन्छ कि हुँदैन भन्नेमा नै शंका रहेको राजेश बताउँछन् ।