site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चरकको आईसीयूमा रहेका सांसद शाही गरिमा होटलमा सिफ्ट, आजै स्वाब दिने
Sarbottam CementSarbottam Cement

पोखरा । अविश्वास प्रस्तावको मतदानको दिन अचानक सम्पर्क विहीन भई चरक अस्पतालको स्विट रुममा भेटिएका सांसद खिमविक्रम शाही उक्त अस्पतालबाट डिष्चार्ज भएका छन् ।

शाहीलाई कोभिड संक्रमण भएको निजी ल्याबको रिपोर्टले देखाएको थियो । एकैदिन दुई सरकारी र एक निजी ल्याबबाट उनको कोभिड परीक्षण गरिएको थियो जसमध्ये सरकारी ल्याबको पहिलो रिपोर्ट पोजेटिभ र अर्को रिपोर्ट चाहिँ नेगेटिभ आएको थियो ।

सांसद शाहीको १५ गते आएका ३ वटा पीसीआर रिपोर्टमा अलग अलग नतिजा आएको छ । १४ गते प्रदेश सभा सचिवालय परिसरमा लिएको स्वाबको नतिजा नेगेटिभ आए पनि १४ गते नै लिइएको भनिएको अर्को स्वाब परीक्षणमा भने कोरोना पोजेटिभ देखिएको थियो । उनको भनिएको दोस्रो स्वाब लाइफकेयरमा परीक्षण गर्दा सिटी भ्यालु १६ उल्लेख थियो । तर सोही दिन परीक्षण गरिएको अर्को स्वाबमा कोरोना पोजेटिभ नै भए पनि सिटी भ्यालु ३९ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, उनले चरक अस्पतालमा बसेको तेस्रो दिन आफू अचानक बेहोस भई अस्पतालमा उपचाररत रहेको भनि विज्ञप्ति जारी गरेका थिए ।

उनले आफू बिरामी नै परेको र कोही कसैको मोलाहिजामा नफसेको बताउँदै आएका छन् । तर उनका गतिविधिले भने शंका गर्ने ठाउँ राखिदिएको छ ।

Global Ime bank

उनै शाहीलाई मंगलबार अस्पतालबाट डिष्चार्ज गरिएको उनका स्वकीय सचिव ढालेन्द्र हमाल (मिलन) ले जानकारी दिए । उनी नागढुंगाको गरिमा होटेलमा आइसोलेसनमा बसेका छन् ।

मंगलबार नै उनको पुनः स्वाब पनि परीक्षण गरिने हमालले जानकारी दिए ।

शाही ‘हराएपछि’ स्थगित भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशको बैठक अझै अनिश्चित बनेको छ । बैठक सदन चलाउन सभामुख नेत्रनाथ अधिकारीले हिजो डाकेको बैठक निश्कर्षविहीन भएको छ ।

मंगलबार ३ बजे सर्वदलीय बैठक बस्ने र टुंगोमा पुग्ने निर्णय सोमबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको छ ।

जनमोर्चाकै सांसद हराएको सूचनाका आधारमा सभामुखले १५ गते बैठक स्थगित गरेका थिए । आफ्ना सांसद बिरामी भएर उपचार गराइरहेको जानकारी जनमोर्चाले सभामुखलाई औपचारिक रुपमा गराइसकेको छ । सभामुखको पनि शाहीसँग फोन सम्पर्क भएको उनको सचिवालयले जनाएको छ ।

वैशाख २ गते कांग्रेससहित ३ दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि वैशाख १५ गते मतदान हुने कार्यसूची थियो । अविश्वास प्रस्ताव पारित गर्न ३१ मत चाहिनेमा जनमोर्चाका खिमविक्रम शाही र स्वतन्त्र सांसद अनुपस्थित भएका कारण कारबाही अगाडि बढाउन सभामुखले रोकेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । धरमरमा रहेका स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई मन्त्री बनाएर थप एक भोट सुरक्षित गरेका छन् ।

संसदमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा जनमोर्चाको मौखिक समर्थन र २८ सांसदको हस्ताक्षर छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC