site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङ लागेर प्रहरीचौकीका प्रमुखको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरीचौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाई पाथीभरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए ।

भारतसँगको सीमानजिक रहेको उक्त अस्थायी प्रहरीचौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्