site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खोपमा हामी दक्षिण एसियामा दोस्रो हौँ : प्रधानमन्त्री ओली
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गर्न लागि परेको बताएका छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको पहुँचमा खोप पुर्‍याउन दातृ राष्ट्रबाट अनुदान लिनेका अतिरिक्त खरिद् प्रक्रिया सुरु गरिएको र कोही बञ्चित नहुने बताएका छन् ।

देशबासीलाई सम्बोधन गर्दै उनले नेपाल खोप लगाउनेमा दक्षिण एसियाको दोस्रो भएको बताएका छन् ।

Argakhachi Cement Island Ad

उनले कोरोनाविरुद्धका लागि सबै शक्ति परिचालन गरिएको नेपाली सेनालाई हजार शय्याको अस्पताल निर्माण गर्ने जिम्मा दिएको, वीर अस्पतालको नयाँ भवनमा पाँच सय शय्याको कोभिड डेडिकेटेड अस्पताल बनाउन लागिएको बताएका छन् ।

उनले कोभिड संक्रमितलाई उपचारमा कुनै कमी नहोस् भनेर सरकारले पर्याप्त ध्यान पुर्‍याइएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्