site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भारतमा अक्सिजन आपूर्ति नराेक्न चीनसँग सोनुको आग्रह

मुम्बई । भारतका लागि चिनियाँ राजदूत सन वेडोंगले भारतीय अभिनेता सोनु सुदलाई हालै भारतमा निर्यातको माध्यम सहज बनाउने आश्वासन दिएका छन् । 

भारतमा अक्सिजन अभवाकै कारण कैयौंको ज्यान गुमिरहेको अवस्थामा चीनले भारतमा अक्सिजन आपूर्ति रोक्न खोजेको प्रसंगमा अभिनेता सुदले भारतका लागि चिनियाँ दूतावाससँग सहयोगको अपिल गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोनु लेख्छन्, “हामी भारतका लागि सयौं अक्सिजन कन्सन्ट्रेटर ल्याव खोजिरहेका छौं । दुखद कुरा चीनले हाम्रो यो कुरामा अवरोध खडा गरिदिएको छ । फलस्वरुप हामीले सयौंको ज्यान गुमाइरहेका छौंँ । म भारतका लागि चिनियाँ दूतावासलाई हाम्रो कन्साइन्मेन्ट क्रिल्यर गरेर ज्यान जोखाउन मद्दत गरिदिन आग्रह गर्दछु ।”

अभिनेता सुदको अपिललाई सम्बोधन गर्दै वेडोंगले निर्यात सहज बनाउने आश्वासन दिएका छन् । जवाफमा राजदूत वेडोंग लेख्छन्, “तपाईंको ट्विटरमा भएको खबर नोट गरियो । भारतलाई कोभिड–१९ सँग लड्न चीनले आफ्नो हर साथ दिने छ । हामीले पछिल्लो केही सातादेखि चीनबाट भारतमा औषधीजन्य सामानहरुको आपूर्ति सहजै गरिरहेका छौं जस्तो मलाई लाग्छ । आगामी दिनमा पनि यसलाई सहज नै बनाउने प्रयास जारी रहनेछ । कृपया केही समास्या भए हामीलाई जानकारी गराउनु होला । ताकी हामीले हाम्रो तर्फबाट सहयोगमा कुनै कमी राख्न नपरोस् ।”

राजदूत वेडोंगको जवाफमा अभिनेता सुदले पुन ट्विट गर्दै धन्यवाद दिएका छन् । कोरोनाको पहिलो चरणदेखि नै सोनु जनताको सहयोगमा निरन्तर तत्पर छन् । 

इन्डियन एक्सप्रेस
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १३:००
प्रतिक्रिया दिनुहोस्