site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डब्लूएचओले चिनियाँ खोपलाई विश्वव्यापी मान्यता दिनेबारे निर्णय गर्दै
Ghorahi CementGhorahi Cement

बेइजिङ । कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेका दुईवटा खोपहरुको पहिलोपटक ग्लोबल निरीक्षकले परीक्षण गर्ने भएका छन् । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले ती खोपलाई विश्वव्यापी प्रयोगका लागि स्वीकृत गरेमा यसले विश्वव्यापी खोप वितरण कार्यक्रममा ठूलो बढावा मिल्ने बताइएको छ । 

चिनियाँ कम्पनीहरुले यसअघि खोप निर्माणको प्रक्रियाबारे विस्तृतमा डाटाहरु सार्वजानिक नगरेकामा सबैतिरबाट आलोचित भएका थिए । तर अब भने डब्लूएचओले यसलाई आपतकालीन प्रयोगका लागि मान्यता दिने नदिनेबारे निर्णय गर्ने भएको छ ।

डब्लूएचओले प्रदान गर्ने लाइसेन्स विश्वव्यापी रुपमा मान्य हुँदै आएको छ । 

Agni Group

‘साइनोफ्राम र साइनोभ्याक बायोटेक’ का खोपहरु स्वीकृत भएमा यसले खोपको अभावबाट गुज्रिरहेका देशहरुलाई ठूलो राहत दिलाउनेछ । यसपछि मुलुकहरु खोपका लागि चीनमा पनि निर्भर रहन सक्नेछन् । तिनलाई विश्वका सबैभन्दा गरिबहरु निर्भर रहेको डब्लूएचओको ‘कोभ्याक्स’ कार्यक्रममा आपूर्ति गर्न पनि आधिकारिक स्वीकृति आवश्यक पर्नेछ । खोपको अभाव सुरु भएपछि देशहरुबीच राष्ट्रियकरण सुरु भएको डब्लूएचओका डिरेक्टर जेनेरल टेड्रोसले यसअघि चेतावनी दिएका थिए ।

यसैकारण डब्लूएचओले सबैमा समान वितरण सुनिश्चित गर्न अनि खोप अभावको समस्या समाधान गर्न धेरै भन्दा धेरै किसिमका खोपहरुको परीक्षण गरिरहेको जसमा साइनोफ्राम र साइनोभ्याक पनि पर्ने उनले बताए । 

Global Ime bank

डब्लूएचओबाट स्वीकृत हुनका लागि खोप कम्तीमा ५० प्रतिशत प्रभावकारी अनि सुरक्षित हुनुपर्ने हुन्छ र निर्माण प्रक्रिया सम्बन्धी गुणस्तर पनि तोकेबमोजिम हुनुपर्नेछ । 

विश्व बजारका लागि लक्षित गरिएको उत्पादन विश्व स्तरीय निरीक्षकबाटै पहिचान गरिएको हुनुपर्ने इन्टरनेस्नल भ्याक्सिन एक्सेसका सहनिर्देशक नाओर बार जिभ बताउँछन् । यसमा विज्ञानका आधारमा र उपलब्ध प्रमाणलाई हेरेर निर्णय लिइने उनले बताए । अहिलेसम्म डब्लूएचओबाट मान्यता प्राप्त खोपहरुमा फाइजर, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनका खोप रहेका छन् । 
चिनियाँ खोपहरुले डब्लूएचओको समर्थन पाउनुले विश्वव्यापी खोप आपूर्तिमा उल्लेखनीय प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

चिनियाँ खोपहरुको तेस्रो चरणको क्लिनिकल ट्रायलको नतिजाबारे विस्तृतमा प्रकाशित नगरिएको हुँदा अन्तर्राष्ट्रिय मेडिकल समुदायहरुले शंका व्यक्त गर्दै आएका थिए । यस्तोमा डब्लूएचओले चिनियाँ खोपहरु स्वीकृत गरिसकेपछि कोभ्याक्सले पनि ती खोपहरु खरिद गर्न पाउनेछ ।

कोभ्याक्स कार्यक्रम अन्र्तगत वर्षको अन्त्यसम्म २ अर्ब डोज विश्वव्यापी वितरण गर्ने लक्ष्य रहेको छ । तर पछिल्लो समय कोभ्याक्सले प्रत्यक्ष रुपमा खोप किन्न सकिरहेको छैन किनकी धनी देशहरुले आफ्नै जताका लागि खोप संचित गरेर राखिरहेका छन् । यता भारतमा जारी संकटले पनि खोप निर्यातलाई समस्यामा पारिरहेको छ । तर चिनियाँ डाटा पारदर्शी नभएतापनि १० करोड डोज भन्दा बढी खोप दर्जनौँ राष्ट्रहरुमा पठाइसकिएको छ । 
साउद चाइना मर्निङ पोस्ट
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ००:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC