site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

आज वैशाख ११ गते । आजैका दिन २०६३ सालमा जनताले राजाबाट सत्ता फिर्ता लिएका थिए । यसैले नेपाली समाजमा आजको दिनलाई‘लोकतन्र दिवस’का रूपमा उल्लासपूर्वक मनाइने गर्थ्यो । 

राजनीतिक दलका नेताहरूको आचरणबाट जनता दिक्क हुन थालेसँगै लोकतन्त्र दिवस मनाउने उत्साह भने बर्सेनि घट्दै गएको छ । यस वर्ष त झन् कोभिड-१९ को महामारीबाट सन्त्रस्त जनमानसमा उत्साहको सट्टा अत्यास देखिएको छ ।

स्थिति निकै भयावह भइसकेको चेतावनी जनस्वास्थ्यविद्हरूले दिइरहेका छन् । नेपालगन्ज, वीरगन्जलगायतका सीमावर्ती सहरहरूमा मात्र हैन उपत्यकामा पनि अस्पतालहरू कोभिड(१९ सङ्क्रमितहरूले भरिन थालेका छन् । दुर्भाग्य, आइसकेको सङ्कटलाई जनता र सरकार दुवैले अचम्मलाग्दो गरी बेवास्ता गरे । 

Agni Group

कोभिड–१९ बाट सगरमाथा आरोहीसमेत सङ्क्रमित भइसके । सरकारले ‘सलामी’ असुल्नमात्र ध्यान केन्द्रित गरेर यही वर्ष सबैभन्दा धेरैलाई सगरमाथा आरोहणको अनुमति दिएको थियो । 

एक जना नर्वेली आरोही बिरामी भएपछि सगरमाथा आधार शिविरबाट उद्धार गरी काठमाडौं ल्याएर परीक्षण गर्दा उनमा सङ्क्रमण भेटियो । शिविरमा रहेका शेर्पाहरूलगायतका अरू आरोही कति सङ्क्रमित छन् रु त्यहाँ सङ्क्रमण फैलियो भने अवस्था कति भयावह हुन्छ रु 

Global Ime bank

आरोहीको संसर्गमा आउने त्यस क्षेत्रका बासिन्दामा सङ्क्रमण नफैलियोस् भनेर कामना गरौँ । कारण, सलामी असुल्ने लोभमा स्थानीय जनताको स्वास्थ्यको उपेक्षा गर्ने सरकारबाट दायित्वबोधको त सायद अपेक्षा गर्नु नि मूर्खता हुन्छ ।  

सरकारले जनतालाई सावधानी अपनाउन आह्वान गरेको छ । जनस्वास्थ्यका  केही मापदण्ड लागू पनि गरेको छ । सहरी क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गर्नेदेखि २५ जनाभन्दा बढी जम्मा अएर भिडभाड गर्न पनि निषेध गरिएको छ । 

सबैभन्दा सावधानी अपनाउनुपर्ने प्रधानमन्त्री ओली नै आफ्नै सरकारले लागू गरेको मापदण्डको उल्लङ्घन गर्नेमा पनि अगुवा नै बने । विडम्बना, महामारी फैलन नदिन सरकारले लागू गरेको मापदड्ण बढी उल्लङ्घन गर्नेमा भने प्रधानमन्त्री ओली नै सबैभन्दा अगाडि  देखिएका छन् । 

आफ्नै उमेर र स्वास्थ्य अवस्थाप्रति पनि  प्रधानमन्त्री ओली  यति गैरजिम्मेवार हुनु हुँदैनथियो । त्यसमाथि उनले महामारीका बेला जनस्वास्थ्यको मापदण्ड मिचेर गरिरहेका कार्यकर्ता भेलादेखि उद्घाटन र शिलान्याससम्म गरिरहेको देखेपछि जनसाधारणमा अहिलेको अवस्था गम्भीर नभएको सन्देश गएको छ । 

गएको वर्ष अनुमान गरेजस्तो भयावह भएन । यसैले ‘केही हुँदैन’ भन्ने भ्रम धेरैमा परेको देखिन्छ । तर, गत वर्ष त सङ्क्रमण नचर्कँदै लामो र कडा बन्दाबन्दी गरिएकाले मृत्युदर अपेक्षाकृत कम भएको हो । यद्यपि, बन्दाबन्दीको मूल्यको भने देशले निकै लामो समयसम्म चुक्ता गरिरहनु पर्नेछ । 

अर्कातिर, खोपलाई सङ्क्रमणविरुद्धको रक्षाकबच ठान्ने मानसिकता पनि विकास हुनसक्छ । त्यो पनि सही होइन । यसैले दुवै मात्रा खोप लगाए पनि मास्क लगाउने र भौतिक दूरी कायम राख्ने तथा हात धुने अभ्यास बिर्सनु हुँदैन ।

सरकारले गत वर्षको बन्दाबन्दी ९लकडाउन०बाट अर्थतन्त्रमा भएको क्षति र जनजीविकामा परेको असरप्रति सजग भएर हो कि यसपटक अलि हच्किएको देखिन्छ । तर, बन्दाबन्दी  नगर्नुको अर्थ सङ्क्रमणको जोखिम कम भएको भन्ने लगाउनु हुँदैन । 

प्रधानमन्त्री ओलीलगायतका राजनीतिक नेतृत्व र जनसाधारणको पनि महामारी फैलने जोखिमको हेलचेक्य्राइँ गर्ने प्रवृत्तिबाट भने सङ्क्रमण रोक्ने अचुक उपाय बन्दाबन्दी नै हो भन्ने पर्न सक्छ । सरकारलाई त बन्दाबन्दी गर्न सजिलै हुन्छ तर जनताका लागि त्यो निकै कष्टकर हुनपुग्छ भने राष्ट्रिय अर्थतन्त्रले त अब सायद थेग्नै सकोइन । 

सङ्क्रमण धान्नै नसक्ने हुन लागे बन्दाबन्दी गर्नु बाध्यता बन्छ । गत वर्षको बन्दाबन्दीले अर्थतन्त्र र जनसाधारणको आजीविका तहसनहस भएको सम्झँदा अर्को बन्दाबन्दी कति महँगो पर्ला सहजै अनुमान गर्न सकिन्छ । यसैले सरकारले कुनै मूर्खतापूर्ण कदम नचाल्दै जनता आफैँ सावधान होऊँ । संयम र सावधानी अपनाऊँ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC