site stats
बाह्रखरी :: Baahrakhari
खेल
कुशलले दिलाए नेपालाई चौथो सफलता 

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २०७ रनको बलियो लक्ष्य पछ्याईरहेको नेदरल्यान्ड्सले आफ्नो चौथो विकेट गुमाएको छ । 

नेपालका लागि कुशल मल्लले चौथो विकेट लिए । उनले आर्यान ठटलाई क्याच आउट गराए । १४ ओभरको तेस्रो बलमा उनले डटलाई आउट गराए । डटले खाता खोल्न सकेनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । १२ ओभर ५ बलमा सन्दीपले सेट ब्याट्म्यान वेन कोपरलाई आउट गराएका हुन् । वेन कोपरलाई क्याच आउट गराए । सन्दीपको बलमा दिपेन्द्र सिंह ऐरीले क्याच आउट गराए । 

यसअघि छैटौं ओभरको तेस्रो बलमा सन्दीपले टोभियस भीसेलाई स्टमपिङ आउट गराएका थिए । उनले १५ रन बनाए । यसअघि पनि सन्दीपले नेपालका लागि पहिलो विकेट लिएका थिए । सन्दीप्ले दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ डोडलाई एलबी डब्लु आउट गराएका हुन् । ओ डोडले ९ रबन बनाए र आउट भए ।  १४ ओभरको समाप्तीमा नेदरल्यान्ड्ले ४ विकेट गुमाएर १३४ रन बनाएको छ । 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्