site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मध्य भोटेकोसी जलविद्युत् कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले यही वैशाख ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले गत माघ ७ गते प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

Agni Group

चिलिमेको सहायक कम्पनी मध्य भोटेकासीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । सञ्चषकोषका सञ्चयकर्ताको लागि कम्पनीले यसअघि नै सेयर जारी गरिसकेको छ ।

भूकम्प, बाढी र पहिरो तथा कोरोनाले गर्दा आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाको प्रगति ७० प्रतिशत भएको छ । २५ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनीले सुरुमा १० प्रतिशत सिन्धुपाल्चोकका  स्थानीयलाई बिक्री गर्नेछ भने १५ प्रतिशत दोस्रो चरणमा सर्वसाधारणमा बिक्री गर्नेछ ।

Global Ime bank

कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । आयोजनाबाट वार्षिक दुई अर्ब ९० करोड युनिट विद्युत् उत्पादन हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC