site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईपीएल : सन्जु श्यामसनको शतकका बाबजुत पनि पन्जाबसँग राजस्थान पराजित 
तस्बिर : एजेन्सी

काठमाडौं ।  पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । 
सोमबार राति भएको खेलमा पन्जाबले राजस्थान रोयल्समाथि ४ रनको जित निकालेको हो । 

वान्खाडे स्टेडियममा पन्जाबले दिएको २२२ रनको बलियो लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धातित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि सन्जु श्यामसनले शतकीय पारी खेले । ६३ बल खेलेका उनले १२ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । त्यस्तै जोस बट्लर र रियान प्रयागले समान २५ रन बनाए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बलिङतर्फ पन्जाबका लागि अर्सदिप सिंहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहमेद श्वामीले २ विकेट लिँदा जे रिजर्डसन र रिले मेरेडिटले समान १ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको थियो । 
पन्जाबका लागि केएल राहुलले ९१ रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ७ चौका र ५ चक्का प्रहार गरे । 
त्यस्तै पन्जाबका लागि दीपक हुड्डाले ६४ रनको अर्धशतकीय पारी खेले । २८ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरे । 
पन्जाबका लागि क्रिस गेलले ४० रन बनाउँदा मयंक अर्गवालले १४ रन बनाए । 

बलिङतर्फ राजस्थानका लागि चेतन सकारीयाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै क्रिस मोरिसले दुई विकेट लिँदा रियान प्रागले एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ००:०१
प्रतिक्रिया दिनुहोस्